मानव धर्म सेवा समितिको आयोजनामा बुटवलमा महाशिवरात्री महोत्सव

1.3K

मानव धर्म सेवा समितिको आयोजनामा बुटवलमा महाशिवरात्री महोत्सव

शिवरात्री पर्वको अवसरमा मानव धर्म सेवा समितिको आयोजनामा महाशिवरात्री महोत्सव २०८० सम्पन्न भएको छ । शुक्रबार श्री हंस कृति आश्रम बुटवलमा भएको कार्यक्रममामानव धर्मका प्रणेता श्री सद्गुरु देवमहाराजले शिवले ध्यान गर्ने तत्वलाई जानेर अघि बढ्न सकियो भने जीवनमा सार्थक हुने बताउनु भयो ।
‘अध्यात्मले शान्ति फैलाउनका लागि महत्वपुर्ण भुमिका खेल्ने भएकाले यस्ता कार्यक्रमले मानिसमा शान्तिको सन्चार गर्नेछ ।’ उहाँले भन्नुभयो–‘आध्यात्मिक शान्तिका लागि आत्मज्ञान महत्वपुर्ण रहेकाले नामको महत्वलाई बुझ्न सकियो भने मानव जिवनको सार्थकता पुर्ण हुनेछ ।’
भारतमा राम मन्दिर बन्नका लागि ५ सय वर्षको प्रतिक्षा गर्नुपरेको सन्दर्भलाई जोड्दै उनले नेपालमा विराट सत्संग कार्यक्रम गर्न ५ वर्ष लागेको अनुभव सुनाए। उनले भने, मानव जीवनमा राम बन्न पहिले राम नामको तत्वलाई जान्न पर्नुपर्नेमा जोड दिनुभयो । कोभिड १९ का कारण नेपालमा पाँच वर्षदेखि सत्संग कार्यक्रम हुन सकेको थिएन । यसअघि २०७५ मा झापाको धुलावारीमा सत्सगं कार्यक्रम भएको थियो ।
संसारमा दुखको कारण अज्ञानता रहेकाले वास्तविक स्वरुपको बारेमा जान्नु आवश्यक रहेको उहाँले बताउनु भयो । सत्यको परिभाषा भनेको परिवर्तन नहुने विषय भएकाले हामीले के कुरालाई सत्य मान्ने भनेको यो संसारको अनुभव गर्नका लागि गरिने मानव जीवनको प्राणशक्ती रहेकाले यसको महत्वका बारेमा बुझनु पर्ने अहिले आवश्यक्ता हो । उहाँले भन्नुभयो ।
कार्यक्रमका बोल्दैजिल्ला समन्वय समितिका संयोजक उमाकान्त चपाईले गौतम बुद्ध र पशुपतिनाथको देशमा हामीले यस्तो कार्यक्रम गर्न पाउनु नै भाग्यको कुरा भएको बताउनु भयो । त्यस्तै बुटवल उपमहानगर पालिकाका उपप्रमुख खेलराज पाण्डेले धार्मिक दृष्टिकोणबाट बुटवललाई अघि बढाउन लागेकाले यस्ता कार्यक्रमले सघाउन पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
बुटवलमा यसअघि २०७० सालमा एक दिवसीय कार्यक्रम भएको थियो । ११ वर्षपछि पुनः बुटवलले कार्यक्रम गर्ने अवसर पाएको हो । कार्यक्रमका वक्ताहरुले बुद्धको जन्म स्थान लुम्बिनीमा आयोजना भएको यो कार्यक्रमले शान्तिको सन्देश दिएको बताएका थिए ।
महाशिवरात्री महोत्सवको अवसरमा शुक्रबार बिहान युवा संगठन र बाल सभाले विभिन्न प्रस्तुती दिएका थिए । शिवरात्री महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रमका साथै भक्ती संगीतका कलाकारले सुमधुर भक्ती संगीत प्रस्तुत गरेका थिए । शिवरात्री महोत्सव अघि बिहान प्रभातफेरि कार्यक्रम आयोजना गरिएको थियो । प्रभातफेरिमा आश्रम प्राङ्गण हुँदै अमरपथ, ज्योति विकास बैंक, नविल बैंक, मेनरोडबाट मिलनचोक, तिनकुने, इट्टाभट्टी हुँदै पुनः आश्रम प्राङ्गणमा आएर टुङ्गीएको थियो । कार्यक्रको पुर्वसन्धयामा बिहिबार सरसफाइ कार्यक्रम भएको थियो ।