रुपन्देहीको तिलोत्तमामा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण : ‘एक्स्ट्राटेक लिजेन्ड कप’ हुँदै

42

रुपन्देहीको तिलोत्तमामा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण : ‘एक्स्ट्राटेक लिजेन्ड कप’ हुँदै

रुपन्देहीको तिलोत्तमामा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान एक्स्ट्राटेक ओभल निर्माण सम्पन्न भएसंगै त्यसको उद्घाटन स्वरुप ‘एक्स्ट्राटेक लिजेन्ड कप’ गर्न लागिएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १७ मा दरखसवामा निर्माण गरिएको एक्स्ट्राटेक ओभल मैदानमा गर्न लागिएको ‘एक्स्ट्राटेक लिजेन्ड कप’मा ४ टिम प्रतिस्पर्धा गर्नेछन् । यहि फागुन २८ गते हुने प्रतियोगिताको शनिबार पत्रकार सम्मेलन गरी जसी सार्वजनिक गरिएको छ ।
झन्डै सा“ढे ५ बिघा जग्गामा निर्माण गरिएको क्रिकेट मैदान गत जेठमा शिलान्यास गरिएको थियो । पिच निर्माणका साथै मैदान हरियो भएपछि शनिबार आयोजना गरिएको पत्रकार सम्मेलनमा तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड कप आयोजना गर्न लागिएको एक्स्ट्राटेक ओभल प्रा.लि.का निर्देशक विनोद कु“वरले जानकारी गराउनु भयो ।
उहाँका अनुसार पेभेलियन, चेन्जिङ रुम, क्यान्टिन, टेक्निकलका लागि योजना अन्तर्गत दोस्रो चरणको काम सुरु भइसकेको छ । पहिलो चरणमा दर्शकका लागि ५ हजार क्षमताको प्यारापिट निर्माण गरिने छ । प्रत्येक वर्ष ५ हजार दर्शक क्षमताको प्यारापिट गरि अगामी ३ वर्षभित्र यसको निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिईएको पनि उहाँले जानकारी गराउनु भयो । योसंगै २५ हजार दर्शक क्षमताको प्यारापिटसहितको रंगशाला बन्ने छ ।
एक्स्ट्राटेक ओभल प्रालीका निर्देशक विनोद कु“वर र चिफ अप्रेटिङ अफिसर सुदिक्षा गौतमको स्वामित्व रहेको (क्रिकेट मैदान) रंगशालाको पूर्व राष्ट्रिय खेलाडी शक्ति गौचन ब्रान्ड एम्बासडर हुनुहुन्छ ।
भोली सोमबार गर्न लागिएको एक दिवसीय ‘एक्स्ट्राटेक लिजेन्ड कप’ प्रतियोगितामा लिजेन्ड्स ९६, रेस्ट अफ नेपाल, विश्वकप २०१४ र रुपन्देही लिजेन्ड्स गरि चार टोली प्रतिस्पर्धा गर्नेछन् । तिलोत्तमा नगरपालिकाको मुख्य प्रायोजनमा प्रतियोगिता हुन लागेको हो ।
नेपालले सन् १९९६ मा मलेसियामा पहिलो एसीसी ट्रफीमार्फत अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गरेको थियो । यो टोलीका १४ मध्येका १२ खेलाडीले लिजेन्ड्स ९६ बाट तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड कपमा उत्रिने छन् ।
नेपालले २०१४ मा बंगलादेशमा पहिलो पटक ट्वान्टी २० विश्वकप खेलेको थियो । यही टोलीका ६ खेलाडी विश्वकप २०१४ बाट तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड कपमा खेल्ने छन् । पारस खड्काको कप्तानीमा रहेको विश्वकप २०१४ को टोलीबाट ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, शक्ति गौचन, जितेन्द्र मुखिया र अविनाश कर्ण रहेका छन् । २०१४ मा विश्वकप खेलेको नेपाली टोलीका ८ खेलाडी अहिले विदेशमा छन् । सोमपाल कामी र विनोद भण्डारी नेपाली राष्ट्रिय टोलीस“गैं हङकङमा छन् ।
नेपालको पहिलो अन्तर्राष्ट्रिय टोली र विश्वकप नखेलेका टोली बीचको कम्बिनेसन हो, रेस्ट अफ नेपाल । विनोद दासको कप्तानीमा रहेको रेष्ट अफ नेपाल टोलीमा नेपालबाट अन्तर्राष्ट्रिय खेल खेलेका खेलाडीहरु रहेका छन् । हरि थापाको कप्तानीमा रहेको रुपन्देही लिजेन्ड्समा सञ्जीव जोशी, दुर्गा सेन, अन्तिम थापा, लालबहादुर अधिकारीसहित नेपालबाट अन्तर्राष्ट्रिय खेलेका खेलाडीहरु रहेका छन् ।
नेपाली महिला टोलीले २००७ मा मलेसियामै भएको एसीसी कप प्रतियोगिता खेलेको थियो । सो टोलीका चार खेलाडीले यस तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड कपमा खेल्ने छन् । नितु थापा रुपन्देही लिजेन्ड्स, ममता थापा विश्वकप २०१४, नीरा राजोपाध्याय लिजेन्ड्स ९६ र सीता रानामगर रेस्ट अफ नेपालबाट खेल्ने छन् । त्यस्तै गायक प्रमोद खरेलले रेष्ट अफ नेपाल, बद्री पंगेनीले विश्वकप २०१४ र कर्पोरेटका प्रतिनिधित्व राजेन महर्जनले लिजेन्ड्स ९६ बाट खेल्ने छन् ।
पहिलो सेमिफाइनलमा लिजेन्ड्स ९६ र विश्वकप २०१४ को टोलीले र दोस्रो सेमिफाइनलमा रेस्ट अफ नेपालले रुपन्देही लिजेन्ड्सस“ग प्रतिस्पर्धा गर्नेछ । विजेता टोली बीच फाइनल खेल हुनेछ । पहिलो खेल १० बजे, दोस्रो खेल १२ बजे र फाइनल खेल २ बजे सुरु हुनेछ ।

रुपन्देही लिजेन्ड्स :

हरि थापा (कप्तान), अन्तिम थापा, दुर्गा सेन, जवलेश प्रधान, शंकर राना, लालबहादुर अधिकारी, सञ्जीव जोशी, प्रथम पराजुली, सञ्जय श्रेष्ठ, पुनित पोखरेल, सुशनमान श्रेष्ठ, कृष्ण कु“वर, मनोज भण्डारी, धिरज क्षेत्री, नितु थापा, निरजप्रताप खा“ड (लियाजन अफिसर), अनिल सेन्चुरी (टिम कोच), देभेश कर्ण (टिम व्यवस्थापक)

विश्वकप २०१४ :

पारस खड्का (कप्तान) ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, अविनाश कर्ण, शरद भेषावकर, जितेन्द्र मुखिया, करन महतरा, ममता थापा, नवीन घिमिरे, सामसङ जंग थापा, नगेन्द्र भट्टराई, प्रफुल बैध, मनोज कटुवाल, बद्री पंगेनी

रेस्ट अफ नेपाल :

विनोद दास (कप्तान), मनोज वैश्य, पारस लुनिया, दीपेन्द्र चौधरी, राजु बस्नेत, धिरेन्द्र चन्द, कलाम अली, विकास दली, युनिल श्रेष्ठ, लाक्पा लामा, राजकुमार प्रधान, जयप्रकास सर्राफ, अरुण थापा, अक्रम सिद्धिकी, सीता रानामगर

लिजेन्ड्स ९६ :

एलबी क्षेत्री (कप्तान), पवन अग्रवाल, मनिष राज पाण्डे, राजु खड्का, सञ्जय गुरुङ, वसन्त शाही ठकुरी, किरण राणा, मुसरफ इजहार, जगत टमाटा, पुकार पन्त, विशाल गुप्ता, रितेश बराल, नीरा राजोपाध्याय, रिकेश लामा, दीपेश श्रेष्ठ, राजेन महर्जन, सुनोज भट्टराई (प्रशिक्षक), अरुण अर्याल ( टिम व्यवस्थापक)