‘काँग्रेस सम्वाद अभियान’लाई निरन्तरता दिईने

1.3K

‘काँग्रेस सम्वाद अभियान’लाई निरन्तरता दिईने

नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. २ ले ‘काँग्रेस सम्बाद अभियान’लाई निरन्तरता दिने निर्णय गरेको छ । क्षेत्रीय समितिको हालै बसेको बैठकले अभियानलाई निरन्तरता दिने निर्णय गरेको हो ।
क्षेत्रीय सभापति प्रजापाल गिरीको सभापतित्वमा बसेको बैठकले ‘काँग्रेस सम्बाद अभियान’ले विभिन्न भिन्दाभिन्दै क्षेत्रमा रहेका प्रजातन्त्रवादी अगुवालाई पार्टी संगठनमा जोड्ने र नविकरण गर्ने काम गरेको निश्कर्ष निकाल्दै निरन्तरता दिने निर्णय गरिएको क्षेत्रीय सचिव विमलराज भट्टराईले जानकारी दिनुभयो ।
अभियानलाई निरन्तरता दिने निर्णयसंगै यहि चैत १० गते प्राईभेट बैंक तथा वित्तिय संस्था र सहकारीमा कार्यरत कर्मचारीसंग संवाद गर्ने निर्णय गरिएको छ । त्यस्तै चैतको १७ गते साहित्यकार, लेखक र श्रेष्ठाहरुसंग संवाद गर्ने निर्णय गरिएको उहाँले जानकारी गराउनु भयो ।
बैठकमा क्षेत्रीय उपसभापति खड्गबहादुर महत, चिन्तामणी भुसाल, सहसचिव संगिता गौतम अर्याल, सदस्यहरु नारायणप्रसाद भट्टराई, लोकबहादुर कुवर, टेकबहादुर रेश्मी, अनिता केसी, लक्ष्मी श्रेष्ठ, अदिल खान, तिर्थराज पौडेल, ओमप्रकाश बिक, धनमन्त्री थारु, मिना जिसी लगायतले धारणा राख्नुभएको थियो ।
‘काँग्रेस सम्बाद अभियान’ अन्तर्गत गत माघ २७ गते निजी तथा संस्थागत विद्यालयका शिक्षक र गत फागुन ३० गते सेवा निबृत्त सरकारी कर्मचारीसंग संवाद कार्यक्रम गरिएको थियो ।