इनरह्वील क्लवमा होली मिलन

1.3K

इनरह्वील क्लवमा होली मिलन

इनरह्वील क्लव अफ तिलोत्तमामा होली मिलन कार्यक्रम गरिएको छ । रंगहरुको पर्व होलीको अवसरमा क्लवले होली मिलन गरेको हो ।
क्लवका अध्यक्ष रपना रेग्मी लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी उमादेवी रेग्मी, क्लवका सल्लाहकार प्रभा अर्याल, तृष्णा श्रेष्ठ, अञ्जु कार्की, कार्यक्रम संयोजक शरीता भुसाल, क्लवकी उपाध्यक्ष सीता चालिसे, मिना काफ्ले लगायतले शुभकामना आदानप्रदान गर्नुभएको थियो ।