होलीमा सवारी नियम उल्लंघन गरी चलाईएका ३१७ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै नियम उल्लंघन गरी सवारी चलाउने १३ जनालाई पनि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
होलीलाई सभ्य, सुरक्षित, मर्यादित र शान्तिपूण वातावरणमा मनाउनको लागि आह्वान गर्दै प्रहरीले प्रशासनले जिल्लाका ११८ स्थानमा चेकप्वाईन्ट राखेको थियो । जिल्ला प्रहरी कार्यालय र मातहतका इकाईहरुबाट खटिएको प्रहरी टोलीले नियम उल्लंघन गरी सवारी साधन चलाउने १३ जना र २१७ वटा सवारी साधन नियन्त्रणमा लिएको हो ।
जसमा ३११ वटा मोटरसाईकल, ३ वटा टेम्पो, २ वटा कार र एउटा ट्रकलाई नियन्त्रणमा लिईएको जनाएको छ । होलीको समयमा भएको दुर्घटनामा एक जनाले ज्यान गुमाएको र तीन जना घाईते भएको पनि प्रहरीले जनाएको छ ।