नेपालकै ठूलो यातायात व्यवसायीहरुको संस्था पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.को नेतृत्वका लागि दुई प्यानल चुनावी मैदानमा उत्रिएका छन् । ११ सदस्य सञ्चालक समितिको लागि शनिबार निर्वाचनको कार्यक्रम तय गरिएको छ ।
जसमा मौजुदा समितिका अध्यक्ष दधिराम खरेल र अर्का व्यवसायी बुटवल उपमहानगरपालिका वडा नं. ७ का वडा अध्यक्ष पदमराज गाहाको नेतृत्वमा दुई प्यानल चुनावी मैदानमा उत्रिएको हो ।
खरेल नेतृत्वको संयुक्त व्यवसायी प्यानलबाट सञ्चालन समितिको सदस्य पदमा रामचन्द्र खड्का, जितेन्द्र खत्री, नारायणप्रसाद भण्डारी, नारायणप्रसाद घिमिरे, गोपालबहादुर पौडेल, चेतनारायण वेलवासे, सुरेन्द्र श्रेष्ठ, मोहन पिएस र जीवनकुमार वञ्जाडेलाई अगाडि सारिएको छ ।
गाहा नेतृत्वको समावेशी व्यवसायी प्यानलबाट सञ्चालक समितिको सदस्यमा कृष्णप्रसाद पाण्डे, रमेशप्रसाद अधिकारी, महेशकुमार कोईराला, मोतिकुमार उपाध्याय पौडेल, कुस्माखर रेग्मी, प्रेम गौचन, मञ्जुकुमारी गाहा, ऋषिराम पाठक, नारायण अधिकारी र राजेश लामालाई अगाडि सारिएको छ ।