पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.मा खरेल नेतृत्वको प्यानलका उम्मेवार विजयी

35

पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.मा खरेल नेतृत्वको प्यानलका उम्मेवार विजयी

पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.मा दधिराम खरेल नेतृत्वको प्यालनका उम्मेवार विजयी भएका छन् । शनिबार सम्पन्न निर्वाचनको मत परिणाम अनुसार ११ सदस्य सञ्चालक समितिमा खरेलले नेतृत्व गरेको प्यानलका उम्मेद्वार विजयी भएका हुन् ।
उक्त प्यानलबाट टिमको नेतृत्व गर्नुभएका खरेलले १ हजार ४३६ मतसहित विजयी हुनु भएको छ । त्यसैगरी अन्य सञ्चालकमा १ हजार २८३ मत सहित रामचन्द्र खड्का, १ हजार ३३१ मत सहित जितेन्द्र खत्री, १ हजार २५१ मत सहित नारायणप्रसाद भण्डारी, १ हजार २६३ मत सहित नारायणप्रसाद घिमिरे, १ हजार ३८६ मत सहित गोपालबहादुर पौडेल निर्वाचित हुनु भएको छ ।
त्यस्तै १ हजार ३२६ मत सहित चेत नारायण बेल्वासे (गोली नारायण), १ हजार ४६७ मत सहित रामचन्द्र भुसाल, १ हजार ३८४ मत सहित सुरेन्द्र श्रेष्ठ, १ हजार ४४० मत सहित मोहन पिएस र १ हजार ३४७ मत सहित जीवनकुमार बन्जाडे विजयी हुनु भएको निर्वाचन समितिका संयोजक नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले जानकारी गराउनु भयो ।

आगामी ४ वर्षे कार्यकालको नेतृत्व लिनको लागि बुटवल उपमहानगरपालिका वडा नं. ७ का वडा अध्यक्ष पदमबहादुर गाहाको नेतृत्वमा अर्को प्यानल प्रतिस्पर्धामा थियो । त्यस्तै १६ वटा रुट मध्ये ११ वटा रुटमा निर्वाचन भएको छ भने बाँकी ५ वटा रुटमा निर्विरोध भएको छ ।
निर्वाचन भएको रुट नं. ४ मा २५ मत सहित थमनबहादुर बस्नेत, रुट नं. ५ मा ४८ मत सहित कमलबहादुर क्षेत्री, रुट नं. ६ मा ७२ मत सहित रामभगत चौधरी, रुट नं. ७ मा ७० मत सहित शंकर ज्ञवाली, रुट नं. ९ मा १ सय मत सहित हिमाल श्रेष्ठ, रुट नं. १० मा ७० मत सहित युवराज नेपाल, रुट नं. ११ मा ६४ मत सहित सुर्यप्रकाश ढुंगाना, रुट नं. १२ मा १ सय मत सहित मनबहादुर पौडेल, रुट नं. १३ मा ८१ मत सहित टेकराज भट्टराई, रुट नं. १४ मा ८० मत सहित डोरनाथ ढकाल र रुट नं. १५ मा १४१ मत सहित प्रकाश वञ्जाडे निर्वाचित हुनु भएको हो ।
निर्विरोध भएको रुट नं. १, २, ३, ८ र १६ मा निर्विरोध भएको हो । रुट नं. १ मा जीवन रेग्मी, २ मा विधानराज श्रेष्ठ, ३ मा विजयीकुमार तिवारी, रुट नं. ८ मा सागर पिएस र रुट नं. १६ मा लिलाधर खनाल निर्विरोध निर्वाचित हुनु भएको निर्वाचन समितिले जानकारी गराएको छ ।