एन.जी. मार्केटको दोस्रो वार्षिकोत्सव : बैशाख १ मा पहिलो उपहारको लक्कि ड्र गरिँदै

93

एन.जी. मार्केटको दोस्रो वार्षिकोत्सव : बैशाख १ मा पहिलो उपहारको लक्कि ड्र गरिँदै

रुपन्देहीकाले तिलोत्तमा नगरपालिका मणिग्राममा रहेको एन.जी. मार्केटको ग्राण्ड ओपनिङलाई लक्षित गरेर आयोजना गरिएको उपहार चिठ्ठा कार्यक्रम अन्तरगत पहिलो पुरस्कारको लागि दोस्रो वार्षिकोत्सवको अवसरमा यहि बैशाख १ गते लक्की ड्रको तयारी गरिएको छ । एन.जी मार्केटिङले योजना अनुसारका सबै पूर्वाधार तयार गरी यहि बैशाखमा ग्राण्ड ओपनिङको मिति तय गरेपनि पूर्वाधार निर्माणको क्रममै रहेकाले ग्राण्ड ओपनिङको कार्यक्रम भने पछाडि सारेको छ ।
तिलोत्तमा नगरपालिका वडा नं ४ राधाकृष्ण टोलमा पुर्खेउली ढाई विगाहा जमिनमा सपिङ कम्प्लेक्स निर्माण गरी नारायण वञ्जाडे र छोरा आवास वञ्जाडेले २०७९ बैशाख १ गतेदेखि एन.जी. मार्केट सुरु गर्नुभएको थियो । त्यस अवसरमा यहि बैशाखलाई ग्राण्ड ओपनिङको मिति तय गरी १ जनालाई तिलोत्तमा नगरपालिका भित्र दश धुर जग्गामा बनेको दुईतलाको घर सहित एक हजार जनालाई सामानको खरिदमा आधारित उपहार योजना ल्याईएको थियो ।
तर देशमा उत्पन्न भएको आर्थिक मन्दीका कारण योजना अनुसारका पूर्वाधार निर्माण गरी फूलफेजमा सेवा समेत सञ्चालन गर्न नसकिएकाले ग्राण्ड ओपनिङको कार्यक्रमलाई तत्काल रोकिएको र त्यस मितिमा आफूहरुले गरेको प्रतिवद्धता अनुसार पहिलो पुरस्कारको लागि लक्कि ड्र गर्ने र बाँकी पुरस्कार पूर्वाधार निर्माणको काम सकिएरपछि मार्केटको ग्राण्ड ओपनिङ गरी लक्कि ड्र गरिने एन.जी. मार्केटका प्रमुख कार्यकारी अधिकृत समेत रहनुभएका सञ्चालक आवास वञ्जाडेले जानकारी गराउनु भयो ।

‘हामीले उपहार नदिने भनेका छैनौं, सोंचेजस्तो भएन, आर्थिक मन्दीका कारण सबै पूर्वाधार तयार पनि नभएको र फूलफेजमा सेवा प्रवाह समेत नहुँदै ग्राण्ड ओपनिङ गर्न सकेनौं ।’ एन.जी. मार्केटका अध्यक्ष नारायण वञ्जाडेले भन्नुभयो–‘अब जतिसक्दो चाडो पूर्वाधार निर्माणको काम सक्छौ र सेवालाई पनि पूर्णरुपमा सञ्चालन गर्छौ, त्यसपछि ग्राण्ड ओपनिङ गरेर उपहार वितरण गर्नेछौं ।’
बैशाख १ गते आयोजना गरिने कार्यक्रममा लक्कि ड्र मार्फत जसलाई पहिलो पुरस्कार पर्छ, त्यसपछि उसलाई जग्गा पास गरि आफूहरुको मापदण्ड अनुसारको घर निर्माण गरेर हस्तान्तरण गरिने उहाँले जानकारी गराउनु भयो ।
व्यापारिक नगरका रुपमा विकास भैरहेको तिलोत्तमामा आसपासका क्षेत्रहरुलाई समेत लक्षित गरेर सपिङ कम्प्लेक्स शुरु गरिएको थियो । उक्त एन.जी. मार्केट सपिङ कम्प्लेक्समा खाद्यान्न, कपडा, प्लाष्टिक वेयर, गिफ्ट आईटम लगायत सबै प्रकारका घरायसी सामाग्रि उपलब्ध छ । यसैगरि सैलुन, ईलेक्ट्रिक आईटम, बुटिक, स्पा, फर्निचरका शोरुम समेत सञ्चालन गर्ने योजना थियो । योजना अनुसारका यी काम नभएकाले ग्राण्ड ओपनिङको कार्यक्रम पछाडि सारिएको हो ।