पश्चिम नेपाल यातायात व्यवसायी प्रा.लि.को अध्यक्षमा खरेल

13

पश्चिम नेपाल यातायात व्यवसायी प्रा.लि.को अध्यक्षमा खरेल

नेपालकै ठूलो यातायात समिति पश्चिम नेपाल यातायात व्यवसायी प्रा.लि.को अध्यक्ष दधिराम खरेललाई चयन गरिएको छ । प्रा.लि. सञ्चालक समितिको शुक्रबार बसेको बैठकले सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत खरेललाई चयन गरेको हो ।
त्यस्तै प्रा.लि.को प्रवन्ध सञ्चालकमा रामचन्द्र भुसाल र कोषाध्यक्षमा मोहन पि.एस.लाई सर्वसम्मत चयन गरिएको हो । त्यस्तै दुर्घटना न्यूनिकरण तथा सवारी ब्यबस्थापन प्रमुखमा नारायणप्रसाद घिमिरे, व्यबसायी संरक्षण कोष प्रमुखमा गोपालबहादुर पौडेल, कल्याणकारी बिभाग प्रमुखमा जिवनकुमार बन्जाडे र क्यु बिभाग प्रमुखमा चेतनारायण बेलबासेलाई चयन गरिएको छ ।

नवनिर्वाचित सञ्चालक तथा रुट संयोजकहरुलाई पदस्थापन

यस अगाडि प्रा.लि.मा नवनिर्वाचित सञ्चालक तथा रुट संयोजकहरुको पदस्थापन गरिएको थियो । शुक्रबार नै प्रा.लिको कार्यालयमा कार्यक्रमको आयोजना गरि हालै सम्पन्न अधिबेशनबाट निर्वाचित ११ सदस्सीय सञ्चालक समिति र १६ रुटका संयोजकहरुको सपथग्रहण तथा पदस्थापन कार्यक्रम गरिएको हो । हालै सम्पन्न अधिवेशनबाट मौजुदा समितिका अध्यक्ष दधिराम खरेल नेतृत्वका प्यानलका उम्मेदवार निर्वाचित भएका थिए ।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले समृद्ध शहर निर्माणमा यातायात व्यबसायीको भुमिका महत्वपुर्ण हुने बताउनु भयो । यातायात क्षेत्रका समस्या समाधान गर्न आफू सधै तयार रहेको बताउँदै नगरप्रमुख पाण्डेयले समस्या समाधानका लागि स्थानीय सरकार यातायात ब्यबसायीसँग सहकार्य गर्न तयार रहेको भनाई राख्नुभयो ।
प्रा.लि.को सञ्चालक समितिमा निर्वाचित दधिराम खरेलले प्रा.लि.को साधारण सभामा आफूले प्रतिवद्धता गरे अनुसार अव छिटै प्रालि पुनः पश्चिम नेपाल बस व्यवसायी समितिमा रुपान्तरित हुने दोहोर्याउनु भयो । उहाँले व्यवसायीका त्यति ठूला समस्या नरहेको र साना साना समस्यामा स्थानीय सरकारले सहयोग गर्ने हो भने त्यसले व्यवसायीलाई ठूलो परिणाम दिने भन्दै सहयोगको लागि आग्रह गर्नुभयो ।
उहाँले मुलुकको समग्र बिकासमा यातायात व्यबसायी र मजदुरको भुमिका महत्वपुर्ण रहेको उल्लेख गर्दै यातायात क्षेत्रको पुर्वाधार बिकासमा समन्वय र सहकार्य आवश्यक रहेको कुरामा उहाँको जोड रहेको थियो ।
कार्यक्रममा निर्वाचन समितिका संयोजक नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, बुटवल उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष तथा प्रालिका सल्लाहकार नरिश्वर शर्मा पौडेल, रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटा, बुटवल यातायात प्रालिका प्रबन्ध संचालक दिपक श्रेष्ठ, बुटवल अटो इञ्जिनियरङ एसोसिएसनका अध्यक्ष तुल्सीराम न्यौपाने लगाएतले शुभकामना व्यक्त गर्नुभएको थियो ।