बुटवलमा प्रधान कार्यालय हुनेगरी २०३१ सालमा स्थापना भएको यातायात मजदूर तथा व्यवसायी भलाई कोष ५० वर्षमा प्रवेश गरेको छ । त्यस अवसरमा कोषले तीन दिवसीय कार्यक्रम आयोजना गरी स्वर्ण महोत्सव मनाउने तयारी गरेको छ ।
सार्वजनिक सवारी साधनका चालकहरु मिलेर २०३१ सालमा स्थापना गरेको यातायात मजदुर तथा ब्यवसायी भलाई कोषले ५० वर्ष पूरा गरेको अवसरमा स्वर्ण महोत्सव मनाउन लागेको हो ।
कोषले नया बर्ष २०८१ को प्रारम्भसंगै बैशाख १ देखि ३ गतेसम्म स्वर्ण महोत्सव मनाउने तयारी गरिएको मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।
कोषका अध्यक्ष दिनेश फुल्लेलका अनुसार एक जना कर्मचारी र दई वटा शाखाबाट सुरु गरिएको भलाई कोष अहिले सुदुरपश्चिम बाहेकका ६ प्रदेशका २६ स्थानमा शाखा स्थापना गरि मजदुरका समस्याबारे सहजीकरण गरेको छ । हाल कोषमा ३ हजार हाराहारी यातायात मजदुरहरु आवद्ध छन् ।
तिनदिन सम्म मनाईने स्वर्ण महोत्सवको अवसरमा संस्थाले रक्तदान, चालक परिचालक र सहचालकहरुको स्वास्थ्य चेकजांच सहितका विभिन्न रचनात्मक कार्यक्रम आयोजना गर्ने अध्यक्ष फुल्लेलले बताउनु भयो ।
भलाई कोषको स्वर्ण महोत्सवकै अवसर पारेर ५ लाख रुपियांको गरीव तथा जेहेन्दार विद्यार्थी छात्रवृत्ति अक्षयकोष स्थापना गर्न लागेको छ । भलाई कोषले हालसम्म भए गरेका काम, संस्थाको इतिहास र दुर्घटना न्युनीकरणसम्बन्धी विषयलाई समेटेर प्रकासन गरिने स्मारिका विमोचन गरिने अध्यक्ष फुल्लेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार यातायात मजदूर तथा व्यवसायी भलाई कोषले दुर्घटना न्युनीकरणका लागि बिगतदेखि नै सचेतना जगाउंदै आएको छ । कोषले दुर्घटनामा परेर ज्यान गुमाएका यातायात मजदुरका परिवारलाई राहत घाईतेहरुको भरण पोषणका लागि मासिक भत्ता तथा दुर्घटनामा परेर हिरासतमा बसेका चालकहरुको परिवारका लागि जिवन यापन गर्न राहत रकम समेत उपलब्ध गरदै आएको छ ।
यातायात मजदुरहरुको संरक्षण र हितका लागि स्थापना भएको संस्थाले मजदुरहरूको हक हितका अलावा अन्य सामाजिक कार्यमा समेत क्रियाशील छ ।