लुम्बिनीका मुख्यमन्त्रीले पाए विश्वासको मत

1.3K

लुम्बिनीका मुख्यमन्त्रीले पाए विश्वासको मत

लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महरालाई ४८ सांसदले विश्वासको मत दिएका छन् । त्यस्तै २८ सांसदले विपक्षमा मत दिए ।
८६ सदस्यीय प्रदेश सभाको शुक्रबार बसेको बैठकमा मुख्यमन्त्री महरालाई माओवादी केन्द्रका १० सहित एमालेका २९, नागरिक उन्मुक्तिका ४, जसपाका ३, नेकपा एकीकृत समाजवादीका एक र स्वतन्त्र खड्क बस्नेत गरी ४८ सांसदले विश्वासको मत दिएका हन् ।
त्यस्तै नेपाली काँग्रेसका २७ र जनमतको एक गरी २८ सांसदले विपक्षमा मतदान गरेका हुन् । तीन सांसद रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी तटस्थ बसेको थियो भने ती सांसद रहेको लोकतान्त्रिक समाजवादी पार्टीका सांसद् अनुपस्थित थिए ।
महरालाई चैत २३ गते प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो भने २५ गते शपथ ग्रहण गर्नुभएको थियो ।