विक्रम सम्वत् २०८१ साल सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीहरुले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् ।
वर्षकाे पहिलाे दिन नयाँ वर्ष आरम्भका अवसरमा नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिईदै आएकाे छ । यद्यपि आज शनिबार पनि परेकाे छ ।
मल्लकालदेखि नेपालमा मौलिक सम्वतका रुपमा विक्रम सम्वत् चलेको हो । विक्रमादित्यले चलाएको सम्वत् भएकाले यो सम्वतलाई विक्रम सम्वत् भनिएको हो । नेपालमा मात्र मौलिकरुपमा यो सम्वत् चल्छ ।
नयाँ वर्ष २०८१ सालकाे यस अवसरमा हाम्राे पनि शुभकामना ।