सामानकाे खरिदमा एन.जी. मार्केटकाे उपहार : ड्राइभरटाेलका योगेन्द्रलाई ढाई तले घर

1.3K

सामानकाे खरिदमा एन.जी. मार्केटकाे उपहार : ड्राइभरटाेलका योगेन्द्रलाई ढाई तले घर

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १ ड्राईभरटोलका योगेन्द्र बस्नेतलाई लक्की ड्र मा घर उपहार प्राप्त भएको छ । तिलोत्तमा नगरपालिका मणिग्राममा रहेको एन.जी. मार्केटले ग्राण्ड ओपनिङलाई लक्षित गरेर सञ्चालन गरेको लक्कि ड्रमा योगेन्द्रलाई पहिलो पुरस्कार ढाई तले घर प्राप्त भएको हो ।
एन.जी. मार्केटको दोस्रो वार्षिकोत्सवको अवसरमा शनिबार बैशाख १ गते पहिलो पुरस्कारको लागि लक्की ड्र गरेको थियो । जसमा पहिलो पुरस्कार ड्राईभरटोलका योगन्द्रलाई परेको एन.जी. मार्केटका अध्यक्ष नारायण वञ्जाडेले जानकारी गराउनु भयो ।
शनिबार साँझ एक कार्यक्रम बीच सहभागीमध्ये सबैभन्दा कम उमेरका बालकबाट कुपन राखिएको बाकसबाट घोलेर कुपन झिक्ने र सहभागीमध्ये ज्येष्ठ सदस्यबाट त्यो कुपनको नम्बर नाम वाचन गरिएको थियो । ती बालकले कुपन निकालेर ज्येष्ठ सदस्यले पढ्दा योगेन्द्र बस्नेतको नाममा रहेको कुपन नम्बर ०४००९८ सार्वजनिक भएको हो ।
कम्पनीले अव पहिले उहाँको नाममा जग्गा नामसारी गर्ने र मापदण्ड अनुसारको घर निर्माण गरी हस्तान्तरण गरिएको अध्यक्ष वञ्जाडेले बताउनु भयो । एन.जी मार्केटिङले योजना अनुसारका सबै पूर्वाधार तयार गरी अघिल्लो बैशाखमा ग्राण्ड ओपनिङको मिति तय गरेपनि पूर्वाधार निर्माणको क्रममै रहेकाले ग्राण्ड ओपनिङको कार्यक्रम भने अझै पछाडि सारिएको छ ।
तिलोत्तमा नगरपालिका वडा नं ४ राधाकृष्ण टोलमा पुर्खेउली ढाई विगाहा जमिनमा सपिङ कम्प्लेक्स निर्माण गरी नारायण वञ्जाडे र छोरा आवास वञ्जाडेले २०७९ बैशाख १ गतेदेखि एन.जी. मार्केट सुरु गर्नुभएको थियो । त्यस अवसरमा यहि बैशाखलाई ग्राण्ड ओपनिङको मिति तय गरी १ जनालाई तिलोत्तमा नगरपालिका भित्र दश धुर जग्गामा बनेको ढाईतलाको घर सहित एक हजार जनालाई सामानको खरिदमा आधारित उपहार योजना ल्याईएको थियो ।
देशमा उत्पन्न भएको आर्थिक मन्दीका कारण योजना अनुसारका पूर्वाधार निर्माण गरी फूलफेजमा सेवा समेत सञ्चालन गर्न नसकिएकाले ग्राण्ड ओपनिङको कार्यक्रमलाई तत्काल रोकिएको र गरिएको प्रतिवद्धता अनुसार पहिलो पुरस्कारको लागि लक्कि ड्र गरिएको पनि उहाँले जानकारी गराउनु भयो ।
उहाँका अनुसार बाँकी ९९९ वटा पुरस्कार पनि योजना अनुसारका पूर्वाधार निर्माण गरी फूलफेजमा सेवा सञ्चालन भएपछि आयोजना गरिने ग्राण्ड ओपनिङमा लक्की ड्र गरेर प्रदान गरिने छ । जसमा दोस्रो पुरस्कार कार, तेस्रो मोटरसाईकल, चौथो स्कुटी लगायत छन् ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत आवाश वञ्जाडेका अनुसार कम्पनीले नयाँवर्षको पहिलो दिनदेखि ग्राहकको चाहना र आवश्यकता अनुसार २ हजार रुपैंया भन्दा माथिको खरिदमा होम डेलीभरीको व्यवस्था गरिएको छ ।
व्यापारिक नगरका रुपमा विकास भैरहेको तिलोत्तमामा आसपासका क्षेत्रहरुलाई समेत लक्षित गरेर एन.जी. मार्केट (सपिङ कम्प्लेक्स) शुरु गरिएको थियो । उक्त एन.जी. मार्केट सपिङ कम्प्लेक्समा खाद्यान्न, कपडा, प्लाष्टिक वेयर, गिफ्ट आईटम लगायत सबै प्रकारका घरायसी सामाग्रि उपलब्ध छ । यसैगरि सैलुन, ईलेक्ट्रिक आईटम, बुटिक, स्पा, फर्निचरका शोरुम समेत सञ्चालन गर्ने योजना थियो । योजना अनुसारका यी काम सम्पन्न नभएकाले ग्राण्ड ओपनिङको कार्यक्रम पछाडि सारिएको कम्पनीका म्यानेजर दीपक भट्टराईले जानकारी गराउनु भयो ।