बुटवलको सुप्रिम सहकारी ठगी प्रकरण : दिपेश पुन सहित तीन जनाको बयान सकियो

56

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरण : दिपेश पुन सहित तीन जनाको बयान सकियो

बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थामा भएको ठगी प्रक्रणमा पक्राउ परेको तीन जनाको बयान सकिएको छ । बाँकी तीन जनाको भोली सार्वजनिक विदा भएकाले बिहिबार बयान लिने तयारी गरिएको छ ।
सहकारीमा भएको ठगी प्रकणमा अध्यक्ष ओम गुरुङ, पूर्वसचिव दीपेश पुन र भैरहवाका शाखाका व्यवस्थापक दुर्गा चापागाई सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका तिनै जनाको बयान सकिएको रुपन्देही जिल्ला अदालत भैरहवाका सूचना अधिकारी अनन्तराम मरासिनीले जानकारी गराउनु भएको छ । उनीहरूलाई सरकारी वकिल कार्यालय हुँदै अदालतमा बयान लिइएको हो । भोलि बुधबार सार्वजनिक बिदा भएकोले पक्राउ परेका अन्य तीन जना निता थापा मगर, दीपक न्यौपाने र रोशनी गुरुङको बयान पर्सी बिहिबार लिईने छ ।
ओखलढुङ्गा घर भएका गितेन्द्रबाबु (जीबी) राईसहित २८ जनालाई प्रतिवादी बनाउन सरकारी वकिलले सोमबार मात्रै जिल्ला अदालतमा मुद्दा दर्ता गराएको छ । पक्राउ परेका सबैको बयान सकिएपछि थुनछेक बहस हुने अदालतले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलले उक्त मुद्दामा १ अर्ब २ करोड माग दाबी लिनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन बुझाइएको थियो । सहकारीमा राखेको निक्षेप हिनामिना गरेर ठगी गरेको आरोप लगाउदै १ हजार ८३१ जनाले इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिएका थिए । उनीहरूको ८६ करोड १८ लाख २३ हजार रकम हिनामिना भएको दाबी गरिएको छ ।
तर, सहकारीको कुल १ अर्ब २ करोड रकम हिनामिना भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । सोही आधार मुद्दा दायर गरिएको हो । अभियोग पत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रवि लामिछाने समेतको नाम उल्खेख छ । ग्यालेक्सी टेलिभिजनको सञ्चालकको रूपमा रहेका लामिछानेको नाममा करोडौँ रुपैयाँ आएको देखिन्छ ।
जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत रुपन्देहीमा दायर गरेको अभियोजनमा गृहमन्त्रीलाई भने प्रतिवादी बनाएको छैन । ग्यालेक्सी टेलिभिजनको एक लाख ८० हजार कित्ता सेयर बराबर एक करोड ८० लाख र थप ऋण बापत दुई करोड रुपैयाँ लामिछानेको नाममा गएको देखिएको देखिन्छ ।