लुम्बिनी सेवा समाज अमेरिकाद्वारा मानव सेवा आश्रममा आर्थिक सहयाेग

1.3K

लुम्बिनी सेवा समाज अमेरिकाद्वारा मानव सेवा आश्रममा आर्थिक सहयाेग

सडक मानवहरुलाई उद्धार तथा लालनपालन, उपचार लगायतका सेवा गर्दै आएकाे बुटवलकाे मानव सेवा आश्रममा लुम्बिनी सेवा समाज अमेरिकाले आर्थिक सहयाेग प्रदान गरेकाे छ । समाजले शुक्रबार एक कार्यक्रमका बिच ५० हजार रुपैया नगद सहयाेग प्रदान गरेकाे हाे । कार्यक्रममा समाजका महासचिव युधिष्ठिर नेपाल र बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्यालले आश्रमका अभिभावक शेरबहादुर गाैतमलाई उक्त रकम हस्तान्तरण गर्नुभएकाे हाे । त्यसै अवसरमा समाजका महासचिव नेपालले आफ्नाे व्यक्तिगत तर्फबाट समेत ११ हजार रुपैया प्रदान गर्नुभयाे ।
कार्यक्रममा बाेल्दै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख अर्यालले मानव सेवा आश्रमले सहाराविहिन मानवकाे सेवा गरेर मानवताकाे प्रवर्द्धनमा उलल्खनीय याेगदान गरेकाे बताउनु भयाे । उहाँले आश्रमकाे अभियानमा सहयाेगी हातहरुकाे सहयाेग महत्वपूर्ण रहेकाे बताउँदै लुम्बिनी सेवा समाज अमेरिकाप्रति आभार व्यक्त गर्नुभयाे ।

आश्रमकी लुम्बिनी प्रदेश संयाेजक सरु अधिकारीका अनुसार अहिले बुटवल आश्रममा ५० जना छन भने तिलाेत्तमाकाे पहुनी स्थित माेक्षधाममा निर्माण गरिएकाे आश्रममा १३० जना छन् ।
२०७५ पुस ७ गते देखि अहिलेसम्म सडकबाट उद्धार गरिएका ९१३ जनामध्ये २५४ जनालाई पारिवारिक पुनर्मिलन, ९२ जनालाई सामुदायिक पुनस्थापना, १६३ जना स्वेक्षाले गएकाे र ९१ जनाकाे आश्रम परिवर्तन गरिएकाे पनि उहाँले जानकारी दिनुभयाे । त्यस्तै हालसम्म १४० जनाकाे निधन भएकाे छ ।
समाजकी पुर्व उपाध्यक्ष लता प्रधानले सेवा र एकता तथा नेपाली भाषा, कला, संस्कृतिलाई जीवन्त राख्न समाज स्थापना गरिएकाे बताउनु भयाे ।