श्रीनगर एग्रीटेक र कृषि सहकारी संघ वागमतीबिच साझेदारी कार्यक्रम सञ्चालन गर्ने सम्झौता

1.3K

श्रीनगर एग्रीटेक र कृषि सहकारी संघ वागमतीबिच साझेदारी कार्यक्रम सञ्चालन गर्ने सम्झौता

श्रीनगर एग्रीटेक इण्डष्ट्रिज र प्रदेश कृषि सहकारी संघ वागमती विच साझेदारी कार्यक्रम सञ्चालन सम्वन्धि सम्झौता भएको छ । आइतबार एक कार्यक्रमको आयोजना गरि श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेड रुपन्देही र प्रदेश कृषि सहकारी संघ वागमती बिच सहकारीमा आवद्ध शेयर सदस्यहरुलाई कृषिमा सोझेदारी कार्यक्रम सञ्चालन गर्नको उक्त सम्झौता गरिएको हो ।
यसैगरी आईतबार नै अन्य ९ वटा साना किसान सहकारी संस्थासंग पनि उक्त कार्यक्रम सञ्चालन गर्नेगरी सम्झौता गरिएको छ । जसमा साना किसान कृषि सहकारी संस्था लि. सलाङ, भुमेस्थान, मुरलीभञ्ज्याङ, प्रतिबिम्ब, पारिजात, श्रीकृष्ण, पाथिभरा, दुईपिपल र चैनपुर रहेका छन् ।
सम्झौता अनुसार श्रीनगर एग्रीटेक इण्डष्ट्रिजले ग्रामिण कृषि सहयात्री छनौट गर्ने, श्री साना किसान कृषि केन्द्र स्थापना गर्ने, कृषकका लागि तालिम तथा वित्तिय पहुँच र बजारिकरणमा मद्दत गर्ने श्रीनगर एग्रिटेक इन्डस्ट्रिजका दिनेश क्षेत्रीले जानकारी गराउनु भयो ।

उक्त कार्यक्रममा कार्यक्रममा श्रीनगर एग्रिटेकका प्रमुख सतीश चन्द श्रेष्ठ र प्रोजेक्ट म्यानेजर निर्णय भट्ट तथा नेपाल कृषि सहकारी संघ लि.का अध्यक्ष खेमबहादुर पाठक, बागमती प्रदेश कृषि सहकारी संघ लि. का अध्यक्ष दिल्लीप्रसाद पाठक सहभागि हुनु भएको थियो ।
त्यस अवसरमा कार्यक्रमको उद्देश्य र पार्ने प्रभावका साथै प्रदेश संघ र साना किसान कृषि सहकारी संस्थाको भूमिका बारेमा जानकारी गराइएको थियो । श्रीनगर एग्रिटेक इण्डष्ट्रिज विगत २२ वर्षदेखि कृषिक्षेत्र र किसानको एकीकृत विकासमा काम गर्दै आएको छ । श्रीनगरले किसानलाई आवश्यक कुखुराको चल्ला उपलब्ध गराउनुका साथै माछा र कुखुराको पोषणयुक्त दाना समेत आवश्यकता अनुसार उत्पादन गर्दै आएको छ ।
साथै कम्पनीले सञ्चालन गरेको कृषिमा साझेदारी कार्यक्रम अनुसार श्री साना किसान कृषि केन्द्र मार्फत कृषकलाई पोषणयुक्त दाना, कृषि प्रविधि, प्राविधिक तालिम तथा अन्य सेवाहरु पनि प्रदान गर्ने गर्दछ ।