बुटवलबाट मुक्तिनाथसम्मको धार्मिक पर्यटकीय यात्रामा निस्किएको टोलीलाई विदायी

12

बुटवलबाट मुक्तिनाथसम्मको धार्मिक पर्यटकीय यात्रामा निस्किएको टोलीलाई विदायी

बुटवलदेखि मुक्तिनाथसम्मको धार्मिक पर्यटकीय यात्रामा निस्किएको स्वामी लोकानन्द सहित १५० जनाको टोलीलाई नगरप्रमुख खेलराज पाण्डेयले विदायी गर्नुभएको छ ।
धार्मिक पर्यटकीय यात्रामा निस्किएको टोलीलाई सोमबार विहान विदायी गर्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले बुटवललाई उत्कृष्ट विश्रामस्थल बनाउने, भारतका विभिन्न स्थलहरूबाट मुक्तिनाथ भ्रमणका लागि प्रचारप्रसार गर्ने र बुटवललाई विश्रामस्थलको रुपमा विकास गर्ने उद्देश्य रहेको बताउनु भयो ।
यो यात्राले बुटवलमा आउने पर्यटकको संख्या वृद्धि गर्ने, बुटवलको मुक्तिनाथधाम र अरू धार्मिक, ऐतिहासिक पर्यटकीय स्थलको प्रवर्धनमा मद्धत गर्ने उहाँले विशवास व्यक्त गर्नुभयो । त्यस्तै कोरला नाकादेखि लुम्बिनीको यात्रा गर्न नेपाली सहित चिनीया पर्यटकलाई प्रोत्साहित गर्ने उहाँको भनाई छ ।