लायन्स शान्तिदिपको अध्यक्षमा पन्थ

11

लायन्स शान्तिदिपको अध्यक्षमा पन्थ

लायन्स क्लब अफ बुटवल शान्तीदिपको अध्यक्षमा बिशाल पन्थीलाई चयन गरिएको छ । बुटवलमा सम्पन्न चौथो अधिबेशनबाट नयाँ कार्यसमितिको पदाधिकारीहरु अन्तर्गत प्रथम उपाध्यक्षमा रामहरि भुसाल, द्वितीय उपाध्यक्षमा खिमा आचार्य र तृतीय उपाध्यक्षमा प्रकास अधिकारी चयन हुनु भएको छ । त्यस्तै सचिवमा लक्ष्मी नारायण खनाल, सह सचीवमा जालन्धर भुसाल, कोषाध्यक्षमा सतिस आचार्य र सह कोषाध्यक्षमा बिष्णुप्रसाद भुसाल चयन हुनु भएको छ । क्लवका पुर्व अध्यक्ष चेतनारायण भणडारीको संयोजकत्वमा गठन भएको निर्वाचन मण्डलले नयाँ आउने कार्य समितिका पदाधिकारी लाई ककस पद्धति अनुसार भावि कार्य योजनाका बिषयमा जिज्ञासा राख्नुका साथै लायन्स क्लबले पछिल्लो समय अवलम्बन गरेको यस र नो भोट अन्तर्गत ५१ प्रतिशत यस भोट ल्याउने मात्र पदाधिकारी छनोट हुने बिधि अपनाएर नया कार्यसमिति चयन गरेको प्रमुख निर्वाचन आयुक्त चेत नारायण भणडारीले बताउनु भयो । जस अनुसार सबै पदाधिकारी ले सय प्रतिशत यस भोट प्राप्त गरेका थिए । कार्यक्रममा सस्थापक अध्यक्ष बाबुराम खनालले लायन्स क्लबको राष्ट्रिय अन्तर्राष्ट्रिय गतिबिधि र अवलम्बन गर्नु पर्ने दायित्व बारेमा प्रशिक्षणमुलक बक्तब्य राख्नुभएको थियो भने अध्यक्ष महेश पन्थीले पनि आफ्ना धारणा राख्नु भएको थियो । स्थापना भएको चार बर्षको अवधिमा उक्त क्लबले बिभिन्न सामाजिक कार्यहरु अन्तर्गत रक्तदान, अनाथलाइ खाधान्न तथा लत्ता कपडा हस्तान्तरण तथा बृक्षा रोपणको कार्यक्रम गरिरहेको छ । नयाँ निर्वाचित अध्यक्ष पन्थीले क्लबलाई अबका दिनमा अझै मर्यादित बनाउन टिमसंग समन्वय गरेर प्रतिफल आउने गरि काम गर्ने प्रतिबद्धता जनाउनु भयो । उहाँले क्लबका अन्य सदस्य पुनाराम पन्थी, दिपक बिक, नारायण पाण्डे, ऋषि भट्टराई र रेशम बञ्जाडेलाई बिभिन्न जिम्मेवारी प्रदान गर्नुभएको छ ।