भोली अन्तर्राष्ट्रिय श्रमिक दिवस : नेपाल ट्रेड युनियन काँग्रेसले ¥याली तथा सभा गर्ने

29

भोली अन्तर्राष्ट्रिय श्रमिक दिवस : नेपाल ट्रेड युनियन काँग्रेसले ¥याली तथा सभा गर्ने

भोली मे १, अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवस । सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्व श्रम संगठन एवं श्रमिक नेताहरूको बैठकले विश्व श्रमिक दिवस मनाउने निर्णय गरेको थियो । त्यसयता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन सुरू गरिएको थियो ।
नेपालको सन्दर्भमा बिराटनगरमा वि.सं. २००७ (सन् १९६३) मा मजदूर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको भए पनि वि.सं. २०४६ को परिवर्तनपछि यो दिवसलाई आधिकारिक रुपामा मनाउन थालिएको हो । नेपालको संविधान २०७२ श्रमसम्बन्धी हकलाई मौलिक हकको रूपमा व्यवस्था गरेको छ ।
त्यसैगरी श्रमिकलाई उचित श्रम अभ्यासको हकसहित आफ्नो हित रक्षाको निमित्त ट्रेड युनियन खोल्ने, सङ्गठित हुने र सामूहिक सौदावाजी गर्ने हकलाई प्रत्याभूत गरेको छ । यद्यपि देशमा रोजगारीको स्थिति र श्रमिकको अवस्था भने सन्तोषजनक छैन । श्रमशक्तिको आपूर्ति र मागमा ठूलो अन्तर छ । श्रम बजारमा वार्षिक पाँच लाखभन्दा बढी श्रमशक्ति थपिने तथ्यांक छ । तर स्थानीय श्रमबजारमा पर्याप्त र सम्मानजनक रोजगारको अवसर सिर्जना हुन नसकेकाले प्रत्येक वर्ष चार लाखभन्दा बढी युवा बैदेशिक रोजगारीमा जान बाध्य छन् ।
आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको नारा लिएको नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीले भोली श्रमिक दिवसको अवसरमा बुटवलमा ¥याली तथा सभाको आयोजना गरेको छ । श्रमिकको हकअधिकारको लागि सन्देश सहित बिहान ८ बजे राजमार्ग चौराहाबाट ¥याली सुरु गरिने छ । त्यसैगरी मिलनचोक, अस्पताललाईन हुँदै बुटवल उद्योग वाणिज्य संघको सभाहलमा पुगेर सभा गरिने नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीका अध्यक्ष रामप्रसाद ढकालले जानकारी गराउनु भयो ।