बुटवल कालिकानगरमा ‘होटल द प्राङ्गढ’ सञ्चालनमा

77

बुटवल कालिकानगरमा ‘होटल द प्राङ्गढ’ सञ्चालनमा

बुटवलमा एक करोड लगानीमा नयाँ ‘होटल द प्राङ्गढ’ सञ्चालनमा आएको छ । बुटवल उपमहानगरपालिका वडा नं. ११ कालिकानगरमा आईतबार होटल द प्राङ्गढको शुभारम्भ गरिएको हो । दुई जना व्यवसायी कृष्णप्रसाद भुसाल र ऋषिराम पोखरेलको संयुक्त लगानीमा सेवा सुरु गरिएको उक्त होटलको आईतबार होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारीले उद्घाटन गर्नुभयो ।
त्यस अवसरमा बोल्दै उहाँले व्यवसायिक आचार संहिता पालना गरेर दीगो रुपमा चलाउने गरी काम गर्न आग्रह गर्नुभयो । उहाँले होटल व्यवसायबाट व्यवसायीहरु पलायन भईरहँदा चुनौतीका विचमा पनि भएको लगानी आशाको किरण भएको बताउँदै चुनौतीलाई अवसरको रुपमा बदल्नको लागि व्यवसायीहरु सहकार्य गरेर अगाडि बढ्नुपर्ने भनाई राख्नुभयो ।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका वडा नं. ११ का अध्यक्ष रामचन्द्र क्षेत्रीले होटल व्यवसाय पर्यटन व्यवसायी पनि भएकाले पर्यटन प्रवद्र्धनका गतिविधिलाई पनि जोडेर काम गर्न आग्रह गर्नुभयो । उहाँले बुटवल आउने पर्यटकलाई होटलमा बसाउने खुवाउने मात्रै नभई यस क्षेत्रका पर्यटकीय स्थलका बारेमा जानकारी गराउने र ती स्थलहरुमा भ्रमणको वातावरण बनाउन सुझाव दिनुभयो ।
कार्यक्रममा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका वरिष्ठ उपाध्यक्ष माधवकुमार खनाल, महासचिव अर्जुन थापा लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । उक्त होटलमा १५ वटा, सेमिनार हल, रेष्टुरेन्ट तथा पार्किङको समेत राम्रो व्यवस्था रहेको होटल सञ्चालकले बताएका छन् ।