रोट्रयाक्ट डिष्ट्रिक सेमिनार : युवा स्वरोजगारमा जोड

21

रोट्रयाक्ट डिष्ट्रिक सेमिनार : युवा स्वरोजगारमा जोड

रोट्रयाक्ट डिष्ट्रिक ३२९२ नेपालले चितवनमा डिष्ट्रिक सेमिनार सम्पन्न गरेको छ । दुई दिनसम्म चलेको सेमिनारमा युवा स्वरोजगारमा जोड दिईएको छ ।
सेमिनारले रोट्रयाक्ट डिष्ट्रिकले आगामी बर्ष गर्ने कामको कार्ययोजना निमार्ण गर्दै सम्पन्न भएकोे रोटयाक्ट डिष्ट्रिका डिआरआर इलेक्ट बिक्रम क्षेत्रीले जानकारी गराउनु भयो । दुई दिनसम्म चलेको सेमिनारमा करिव ६० जनाको सहभागिता रहेको थियो । सेमिनारले बिगत बर्षमा भन्दा अब आउने बर्षमा युवा मैत्री कार्यक्रम सञ्चालन गर्नेगरी योजना निमार्ण गरेको उहाँले बताउनु भयो ।
रोट्रयाक्ट डिष्ट्रिकका डि.आर.आर रोषन कार्कीको अध्यक्षयता भएको कार्यक्रममा बोल्दै रोटरी डिष्ट्रिक २०२४।२५ का डिजि राजेन्द्रमान शेरचन रोट्रयाक्ट डिष्ट्रिकले बिगत देखि गरेका कामहरको प्रशंसा गनुभयो । डिष्ट्रिकले अव नयां कार्ययोजना बनाउदा बिगतका बर्ष भन्दा फरक र पृथक खालका सञ्चालन गनुपर्ने बताउनु भयो । युवालाई स्वदेश मै रोजगारीको सिर्जना गर्ने सीपमुलक तालिम सञ्चालन गर्न सुझाव दिनुभयो । यसको लागि रोटरीले पूर्ण सहयोग गर्ने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै रोटरियन राजन पियाले रोट्रयाक्ट डिष्ट्रिकले बिगत देखि नै राम्रो र महत्वपूर्ण कार्यक्रमहरु सन्चालन गर्दै आएकोमा धन्यवाद व्यक्त गनुभयो । आगामि दिनमा रोट्रयाक्ट अभियानमा रोटरिको निरन्तर साथ र सहयोग रहने प्रतिवद्धता व्यक्तगर्नु भयो ।
सेमिनारमा सौगात गौतम, सुरज पौडेल, नानीकाजी खडका, बिक्रम क्षेत्री, दिनेश गैरे, माधव पराजुली, अनुप पाण्डे, सुविन खडका लगायतले सहजीकरण गनुभएको थियो ।