मेघगर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना

9

मेघगर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना

देशको पहाडी भु–भागको केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षा हुनुको साथै तराईका एक–दूई स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको मौषम पुर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायु, स्थानीय वायु र भारतको विहार आसपासमा बनेको न्यून चापीय प्रणालीको प्रभावका कारण गण्दकी, बागमती र सुदूर पश्चिम प्रदेशको एक–दूई स्थानमा वर्षा भएको छ ।
पहाडी भु–भागको केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने तराईका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ ।