नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनले बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गर्नुभएको छ । लुम्बिनी प्रदेशको नवलपरासी जिल्लामा रहेको पहिलो ४ सय केभी विद्युत् सबस्टेसनको एमसीए–नेपालको हस्ताक्षर समारोहमा सहभागी हुन आउनु भएका राजदूत थम्पसनले शुक्रबार लुम्बिनीको भ्रमण गर्नुभएको हो ।
राजदुत थम्पसनलाई लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले स्वागत गर्नुभयो । त्यस अवसरमा अमेरिकी दूतावासका प्रवक्ता जेहरा नक्भीको पनि उपस्थिती थियो । राजदुत सहितको टोलीले शान्ति दीप, मायादेवी मन्दिरको दर्शन, पुष्करणी पोखरी तथा अशोक स्तम्भको अवलोकन गर्दै जानकारी समेत लिनुभएको थियो ।
टोलीलाई कोषका जनसम्पर्क अधिकृत डा. हरिध्वज राईले बुद्धजन्मस्थल लुम्बिनीको बारेमा जानकारी गराउनु भएको थियो । त्यस अवसरमा लुम्बिनी विकास कोषका सदस्य सचिव शाक्य, जनसम्पर्क अधिकृत डा. हरिध्वज राइ, सूचना अधिकृत राजन बस्नेत लगायतको उपस्थिति रहेको थियो ।