पालिका स्तरीय उपमेयर कप महिला भलिवल प्रतियोगिताको उपाधि बुटवल उपमहानगरपालिकाले जितेको छ । बुटवल उपमहानगरपालिकाको आयोजनामा भएको प्रतियोगिताको शनिबार भएको फाइनल खेलमा तिलोत्तमा नगरपालिकालाई सोझो सेटमा रोक्दै उपाधि बुटवल उपमहानगरपालिको जितेको हो ।
उपाधिसँगै बुटवलले नगद ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा तिलोत्तमा नगरपालिका उपविजेता बनेको छ भने गैडहवा गाउपालिका तेस्रो र सुद्वोदन गाउपालिकाले सान्त्वना स्थान प्राप्त गरेको छ । प्रतियोगितामा बुटवल सहित रुपन्देहीका ६ पालिका सहभागि भएका थिए ।
उपविजेता तिलोत्तमाले नगद ३० हजार, तृतीय भएको गैडहवाले नगद २० हजार र सान्त्वना स्थान प्राप्त गरेको सुद्वोदनले नगद पुरस्कार १० हजार रुपैंया प्राप्त गरेका छन् । प्रतियोगिताका विजेता उपविजेता, तृतीय, सान्त्वना स्थान प्राप्त गर्ने पालिकाहरूलाई बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, उपप्रमुख सावित्रा देवि अर्याल, नगर खेलकुद विकास समिति अध्यक्ष बोनिन पिया लगायतले पुरस्कार तथा सहभागीताको प्रमाणपत्र प्रदान गर्नुभयो ।