तराईमा गर्मीसंगै ताताे हावा र ताताे लहर

1.3K

तराईमा गर्मीसंगै ताताे हावा र ताताे लहर

केही दिन तराईका भूभागमा अत्यधिक गर्मी हुनुकाे साथै ताताे हावा र ताताे लहरकाे सम्भावना देखिएकाे मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
महाशाखाले शुक्रबार विशेष बुलेटिन प्रकासित गरी तराईका भू-भागमा जेठकाे ६ गतेसम्म तातो हावा तथा तातो लहरको सम्भावना देखिएकाे जानकारी गराएकाे हाे ।
बिगत केही दिन देखि देशका अधिकांश भू-भागहरूको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रुपमा वृद्धि भइरहेकाे र लुम्बिनी र सुदूरपश्चिमप्रदेशका तराई भू-भागका केही स्थानहरूमा बिगत केही दिन देखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस भन्दा बढी मापन गरिएको पनि महाशाखाले जनाएकाे छ ।
त्यसकारण गर्मीकाे असरबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि अनुराेध गरिएकाे छ ।
तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकाले त्यसबाट बच्न घर भित्र अर्थात चिसो स्थानमा रहन, सकेसम्म घरबाहिर ननिस्किन, हल्का लुगा लगाउन, बाहिर निस्किन परे टाउको छोप्न,  नियमित पानी तथा झोलिलाे पदार्थ पिउन समेत सल्लाह दिईएकाे छ ।