लुम्बिनी प्रदेश स्तरीय प्रथम दाेहाेरी खेल प्रतियाेगिताकाे उपाधि राष्ट्रिय लाेक तथा दाेहाेरी गित दाङले हात पारेकाे छ । राष्ट्रिय लाेक तथा दाेहाेरी गित प्रतिष्ठान लुम्बिनीकाे आयाेजनामा बुटवलमा भएकाे प्रतियाेगिता अन्तरगत मंगलबार भएकाे फाईनल प्रतियाेगितामा राष्ट्रिय लाेक तथा दाेहाेरी गित प्रतिष्ठान रुपन्देहीलाई पछि पार्दै दाङले उपाधि हात पारेकाे हाे । प्रतियाेगितामा उपाधि विजेता दाङले शिल्ड, प्रमाणपत्र सहित ५५ हजार ५५५ रुपैया नगद पुरस्कार प्राप्त गरेकाे छ ।
प्रतियाेगितमा दाेस्राेमा समेटिएकाे रुपन्देहीले शिल्ड, प्रमाणपत्र सहित ३३ हजार ३३३ रुपैया नगद पुरस्कार प्राप्त गरेकाे छ । लुम्बिनी प्रदेशका १२ मध्ये १० जिल्ला सहभागी भएकाे प्रतियाेगितामा पश्चिम राष्ट्रिय लाेक तथा दाेहाेरी गित प्रतिष्ठान नवलपरासी र प्युठान तृतीय भएका छन् । तृतीय भएका दुवै टिमलाई शिल्ड, प्रमाणपत्र सहित जनही २१ हजार २२१ रुपैंया नगद पुरस्कार प्रदान गरिएकाे प्रतिष्ठानका निवर्तमान अध्यक्ष दिल्लीनारायण पाण्डेले जानकारी गराउनु भयाे ।
विजेता टिमलाई लुम्बिनी प्रदेश सरकार महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती अधिकारी, प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराई, प्रतिष्ठानका प्रदेश अध्यक्ष दीपु मगर, प्रतिष्ठानका संरक्षक खिमबहादुर हमालले शिल्ड प्रमाणपत्र सहित पुरस्कार प्रदान गर्नुभएकाे थियाे ।
कार्यक्रमकाे समापनमा बाेल्दै लुम्बिनी प्रदेश सरकार महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती अधिकारीले लाेक संस्कृतिकाे जगेर्नाकाे लागि लाेक तथा दाेहाेरी प्रतिष्ठानले गरेकाे कार्यक्रम अनुकरणीय रहेकाे बताउदै आगामी दिनमा सरकारकाे तर्फबाट पनि यस्ता कार्यक्रमलाई प्राेत्साहन हुनेगरी याेजना बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयाे ।