लुम्बिनी र कर्णाली प्रदेश प्रमुखबीच शिष्टाचार भेट

1.3K

लुम्बिनी र कर्णाली प्रदेश प्रमुखबीच शिष्टाचार भेट

लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचन र कर्णाली प्रदेश प्रमुख तिलक परियारबीच सुर्खेतको बिरेन्द्रनगर शिष्टाचार भेटघाट भएको छ । दुई प्रदेशबीच थप सम्बन्ध बिस्तार र संविधानले प्रदत्त गरेको अधिकारलाई व्यबहारमा कार्यान्वयन गर्न भेटघाटले बल पु¥याउने बिश्वास व्यक्त गरिएको छ ।
सो अवसरमा बोल्दै लुम्बिनी प्रदेश प्रमुख शेरचनले कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको बिकासको लागि सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताउनु भयो । उहाँले प्रदेशको स्थायित्व र समृद्धिका लागि कर्मचारी र जनप्रतिनिधिको भुमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो ।
त्यस्तै कर्णाली प्रदेश प्रमुख परियारले लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको समृद्धिका लागि सहकार्य आवस्यक रहेकोमा जोड दिनुभयो । शिष्टाचार भेटघाटमा कर्णाली प्रदेश प्रमुख तिलक परियारले लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनलाई आफुले लेखेको पुस्तक हस्तान्तरण गर्नुभएको थियो भने लुम्बिनी प्रदेश प्रमुख शेरचनले कर्णाली प्रदेश प्रमुख परियारलाई मायाको चिनो हस्तान्तरण गर्नुभएको थियो ।