नेपालमा यो वर्षको मनसुन प्रवेश गरेको छ । मनसुन प्रवेश गर्ने सरदर मिति भन्दा तीन दिन अगावै पूर्व नेपालबाट सोमबार (२८ जेठ) मा प्रवेश गरेको मौषम पूर्वानुमान महाशाखाले विषेश बुलेटिन जारी गरी जानकारी गराएको हो ।
यस वर्षको मनसुन सरदर मिति भन्दा ३ दिन छिटो गरि नेपालमा प्रवेश गरेको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । नेपालका अन्य भू–भागमा भने केही दिनमा क्रमिक रुपमा मनसुन अगाडी बढ्ने महाशाखाको अनुमान छ । जुन, जुलाई, अगस्ट र सेप्टेम्बर चार महिना मनसुनी महिना हो ।