सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटले उद्योग व्यवसायलाई पार्ने प्रभावका विषयमा अन्तरक्रिया तथा अभिमुखिकरण गरिएको छ । उक्त अभिमुखिकरण कार्यक्रममा नेपाल चार्टर्ड एकाउण्टेण्ट्ट संघ (एक्यान) रुपन्देहीका सचिव सिए सगुण खनालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
उहाँले कार्यपत्र प्रस्तुत गर्दै बजेटका कारण करको दर हेरफेर, भन्सार विधेयक, आर्थिक ऐनमा गरिएको नयाँ व्यवस्था तथा नयाँ प्रावधानका विषयमा जानकारी गराउनु भएको थियो ।
उहाँले भन्सार महशुल ऐनमा भएको हेरफेरले सबै उद्योगी व्यवसायीहरु प्रभावित भएको बताउनु भयो । बजेट मार्फत पाएका छुट सुविधा समयमै लिन र अहिलेको बजेटमा थपिएको हरित कर, अन्त शुल्क, मुल्य अभिबृद्धि कर, पैठारी माल बाहक गाडीमा लाग्ने शुल्क, कृषि क्षेत्रमा गरिएको १० प्रतिशत आयकर जस्ता कुराले उद्योग क्षेत्रमा समस्या मात्रै नभएर महंगी समेत बढ्ने बताउनु भएको छ ।
उहाँले प्रस्तुत गरेको कार्यपत्र