मध्य तथा पश्चिमको तराईका जिल्लामा तीन दिन अत्यधिक गर्मिको सम्भावना

1.3K

मध्य तथा पश्चिमको तराईका जिल्लामा तीन दिन अत्यधिक गर्मिको सम्भावना

लुम्बिनी र सुदुरपश्चिमका तराईका जिल्लामा तीन दिन अत्यधिक गर्मिको सम्भावना देखिएको छ । मौषम पुर्वानुमान महाशाखाले लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानहरूमा बिगत केही दिन देखि अधिकतम तापक्रम मापद गरिएको अत्यधिक गर्मिको सम्भावना औंल्याएको हो ।
महाशाखाका अनुसार लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानहरूमा बिगत केही दिनदेखि ४० डिग्री सेल्सियस भन्दा बढी मापन गरिएको छ ।
देशका मध्य तथा पश्चिमी तराईका भू–भागहरूमा आगामी ३ दिन (२०८१ जेठ २९ गते देखि २०८१ जेठ ३१ गते) सम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेकाले त्यसको असरबाट बँच्न सतकर्ता अपनाउन पनि आग्रह गरेको छ ।
तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने भएकाले त्यसबाट बँच्न तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घर भित्र अर्थात चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित पानी तथा झोल पदार्थ प्रशस्त मात्रामा पिउन सुझाव छ ।