मध्य तथा पश्चिमका तराईका जिल्लामा अझै तीन दिन तातो हावा कायमै रहने

1.3K

मध्य तथा पश्चिमका तराईका जिल्लामा अझै तीन दिन तातो हावा कायमै रहने

विगत केहीदिन देखि तातो हावा र तातो लहर चलेको मध्य तथा पश्चिमको तराईका जिल्लामा अझै तीन दिन तातो हावा र तातो लहर कायमै रहने देखिएको छ ।
सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानहरूमा बिगत केही दिन देखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस भन्दा बढी मापन गरिएको छ ।
मौषम पूर्वानुमान महाशाखाले तापक्रमको अवस्थाको विश्लेषण गरेर मध्य तथा पश्चिमी तराईका भू–भागहरूमा अत्याधिक गर्मीको सम्भावना देखाएको हो । महाशाखाका अनुसार लुम्बिनी र सुदुरपश्चिमका तराईका जिल्लामा तीन दिन असार २ गतेसम्म तातो हावा र तातो लहरको सम्भावना रहेको उल्लेख गर्दै त्यसको असरबाट बँच्न आवश्यक सतर्कता अपनाउन भनेको छ ।