सि.टि.ई.भि.टी.मै गैरकानुनी क्रिप्टो करेन्सी मिनिङ सञ्चालन : दुईजना कर्मचारी पक्राउ

24

सि.टि.ई.भि.टी.मै गैरकानुनी क्रिप्टो करेन्सी मिनिङ सञ्चालन : दुईजना कर्मचारी पक्राउ

सिटिईभिटिमै गैरकानुनी क्रिप्टो करेन्सी मिनिङ सञ्चालन गरेको आरोपमा प्रहरीले सिटिईभिटिका दुई जना कर्मचारीलाई पक्राउ गरेको छ ।
सिटिईभिटी अन्तरगतको ट्रनिङ ईष्टिच्युट फर टेक्निलक ईन्सटकसनको भवनमा रहेको इन्फरमेशन टेक्नोलोजी ल्यावमा गैर कानुनी क्रिप्टो करेन्सी मिनिङ सञ्चालन भईरहेको सूचना प्राप्त गरेको नेपाल प्रहरी केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले एउटा सर्वर र ६४ वटा डेस्कटप कम्प्युटरमा गैर कानुनी क्रिप्टो करेन्सी मिनिङ सञ्चालन भईरहेको पाईएकोले ल्यावको जिम्मेवारीमा रहेका दुई जना कर्मचारीलाई पक्राउ गरेको हो ।
गैरकानुनी क्रिप्टो करेन्सी मिनिङ सञ्चालन गरेको आरोपमा कीर्तिपुर नगरपालिका वडा नं. १ का ४० वर्षीय विश्वास गुरुङ र भक्तपुर नगरपालिका वडा नं. ७ का २५ वर्षीय राजेन्द्र ताहामतालाई भक्तपुरको मध्यपुर ठिमि नगरपालिका २ सानो ठिमीबाट बुधबार पक्राउ गरिएको हो । त्यस्तै गैर कानुनी क्रिप्टो करेन्सी मिनिङ सञ्चालन भईरहेको एउटा सर्वर र ६४ वटा सिपियु (कम्प्युटर) समेत वरामद गरिएको व्यूरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक होविन्द्र वोगटीले जानकारी गराउनु भयो ।
पक्राउ परेका उनीहरुलाई मुद्रा सम्बन्धि कसुरमा भक्तपुर जिल्ला अदालतबाट ६ दिनको म्याद दिई थप अनुसन्धान भईरहेको पनि प्रवक्ता वोगटीले जानकारी गराउनु भयो ।