गुल्मीको मदाने गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर कुवँरले दुर्घटनामा परी घाईते भएका वडा नं. ४ मेलपोखरीका विशाल पोखरेललाई उपचारको लागि आर्थिक सहयोग प्रदान गर्नुभएको छ ।
गाउँपालिका अध्यक्ष कुवँरले पालिकाबाट आफूले पाउने सेवा सुविधा वापतको रकमबाट दुर्घटनामा परी घाईते भएका मेलपोखरी निवासी ज्योती पोखरेलका २१ वर्षीय छोराको उपचारको लागि घरमा पुगेर स्वास्थ्यलाभको कामना सहित १५ हजार रुपैंया आर्थिक सहयोग गर्नुभएको हो ।
पालिकाको अध्यक्षमा निर्वाचित भएपपछि आफूले पालिकाबाट पाउने सेवा सुविधा छुट्टै पार्टीको खातामा जानेगरी व्यवस्था मिलाउनु भएको छ । त्यसरी पार्टीको खातामा गएको पैसा पार्टी समितिको निर्णयमा खर्चगर्ने नीति बनाउनु भएको छ । उक्त पैसा विशेष गरेर गरिव तथा विपन्नको उपचार, विपद्मा परेका नागरिकको राहतको लागि सहयोग गर्दै आएको अध्यक्ष कुवँरले बताउनु भयो ।
यस अगाडि वडा नं. ३ सिर्सेनीकी मुटु रोगको उपचार गराईरहेका तुलसीराम विकको उपचारको लागि १५ हजार रुपैंया आर्थिक सहयोग प्रदान गर्नुभएको थियो ।