आजकाे माैषम : पूर्वी भू-भागमा मनसुनी प्रणाली, पश्चिममा स्थानीय वायु

1.3K

आजकाे माैषम : पूर्वी भू-भागमा मनसुनी प्रणाली, पश्चिममा स्थानीय वायु

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा, मधेश प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभाव रहेको छ ।
कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ । गण्डकी प्रदेशका र बागमती प्रदेशका केहि  स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भएको छ ।
दिउँसोː कोशी प्रदेश,  बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 
रातीː कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा, मधेश प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

माैषम पुर्वानुमान महाशाखा

मध्य तथा पश्चम तराईमा ६ गतेसम्म ताताे हावा कायमै

मध्य तथा पश्चिमी तराईका भू-भागमा अत्याधिक गर्मीको सम्भावना कायमै रहने देखिएको छ । माैषम पुर्वानुमान महाशाखाका अनुसार लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानकाे तापक्रम बिगत केही दिन देखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस भन्दा बढी मापन गरिएको छ ।
महाशाखाले तापक्रमकाे विश्लेषण गर्दै आगामी केही दिन (असार ६ गते) सम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध छ ।