वेस्टर्न मेगाका विद्यार्थीलाई रोयल टाइगर रिक्रिएसन क्यासिनोमा रोजगारी

1.3K

वेस्टर्न मेगाका विद्यार्थीलाई रोयल टाइगर रिक्रिएसन क्यासिनोमा रोजगारी

बुटवल १५ ढवाहामा रहेको वेस्टर्न मेगा केलेजमा अध्ययन गर्ने विद्यार्थीले कोटिहवाको रोयल टाइगर रिक्रिएसन प्रा.लि.(क्यासिनो)मा रोजगारी गर्न पाउने भएका छन् । वेस्टर्न मेगा कलेज र रोयल टाइगर रिक्रिएसन प्रा.लि. बिच उक्त कलेजमा वि.एच.एम. अध्ययन गर्ने तथा उतिर्ण भएका विद्यार्थीलाई रोजगारी दिने समझदारी भएको हो ।
उक्त समझदारीमा वेस्टर्न मेगा कलेजको तर्फबाट प्राचार्य अधिवक्ता किसु शर्मा र रोयल टाइगर रिक्रिएसन प्रालिको तर्फबाट प्रबन्ध निर्देशक रुपक गौतमले हस्ताक्षर गर्नुभएको छ ।
यो सम्झौतासगै अव वेस्टर्न मेगा कलेजमा वि.एच.एम. अध्ययनरत विद्यार्थीले कलेजको निर्धारित समय पछि २ देखि रातीको १० बजेसम्म फुल टाईम जागीर गर्न पाउने छन् । त्यस्तै रोयल टाइगर रिक्रिएसन प्रा.लि.ले प्रचलित श्रम ऐन अनुसार पारिश्रमिक र पोशाक उपलब्ध गराउनेछ ।
कलेजका प्राचार्य अधिवक्ता किसु शर्माले विद्यार्थीले सिकेको सीपलाई रोजगारीमा जोड्नको लागि कलेजले रोयल टाइगर रिक्रिएसन प्रा.लि.संग समझदारी गरिएको बताउनु भयो । उहाँले अनुसार कलेजमा अध्ययनरत विद्यार्थीले अध्ययनसंगै सीप अनुसारको रोजगारी गरेर आयआर्जन गर्न सकोस भन्ने उद्देश्यले कलेजले तेस्रो सेमेस्टरबाटै बिद्यार्थीलाई हस्पिटालिटी व्यवसायमा रोजगारीको लागि पहल गर्दै आएको छ ।
अध्ययनसंगै सम्बन्धित विषयमा काम गर्न पाए विद्यार्थीले प्रयोगात्मक ज्ञान पनि आर्जन र्न सक्ने र आफ्नो अध्ययनमा आवश्यक खर्चको समेत व्यवस्थापन गर्न सक्ने भएकाले यसबाट विद्यार्थीले लाभ लिन सक्नेछन् ।  
वेस्टर्न मेगा कलेज यस प्रदेशकै पहिलो बि. एच एम अध्यापन गराउने कलेज हो । यसले आफनै रिसोर्ट सञ्चालन गरेको छ । उक्त रिसोटमा विद्यार्थीलाई निःशुल्क स्विमिङ उपल्बध गराउदै आएको कलेजले जनाएको छ ।