भोलीदेखि बुटवलमा जेसीज सप्ताह : सप्ताहमा तालिमदेखि शिविरसम्म

46

भोलीदेखि बुटवलमा जेसीज सप्ताह : सप्ताहमा तालिमदेखि शिविरसम्म

बुटवल जेसीजको आयोजनामा भोली बिहिबार देखि जेसीज सप्ताह हुने भएको छ । ‘ज्ज्वल भविश्यका लागि नेतृत्व’ नारा सहित युवालाई नेतृत्व तथा व्यक्तित्व विकासका कार्यक्रम सञ्चालन गरिरहेको बुटवल जेसीजले साता व्यापि विभिन्न कार्यक्रम गरी जेसीज सप्ताह मनाउन लागेको हो ।
जेसीज सप्ताहको पुर्वसन्ध्यामा बुधबार बुटवल जेसीजले पत्रकार सम्मेलन गरि कार्यक्रमको तयारी बारे जानकारी गराएको हो । जेसीज सप्ताह अन्तर्गत युवाहरूको ब्यक्तित्व र नेतृत्व विकासका साथै विभिन्न रचनात्मक कार्यक्रम गरिने बुटवल जेसिजका अध्यक्ष विनोद घिमिरेले जानकारी गराउनु भयो ।
जेसीज सप्ताहको उद्घाटनसँगै बुटवलका टोल विकास संस्थाका पदाधिकारीलाई बिहिबार नै प्रभावकारी भाषणकला तालिम दिइने छ ।
त्यस्तैगरि शुक्रबार योग प्रशिक्षण, शनिबार रक्तदान, ९ गते संक्षित योजना बैठक, १० गते बर्तमान अर्थतन्त्र–समृद्ध बुटवलको लागि सम्भावना र चुनौती बिषयक अन्तरक्रिया कार्यक्रम गरिने छ । त्यस्तै असार ११ गते बुटवलका ग्रामिण क्षेत्र वडा नं. १९ मा निःशुल्क बृहत स्वास्थ्य शिविर, १२ गते मानसिक स्वास्थ्य सचेतना गरिने छ ।
जेसीज सप्ताहको अन्तिम दिन असार १३ गते बुटवल जेसीजको मातृत्वमा स्थापना भएको जेसीजहरुलाई लक्षित गरेर ‘हाम्रो मातृत्व, हाम्रो सन्तती ः विगत वर्तमान र भविश्य’ विषयक अन्तरक्रिया तथा फेलोशिप गरिने जेसीज सप्ताह मुल आयोजक समितिका संयोजक तथा बुटवल जेसीजका कार्यकारिणी उपाध्यक्ष माधव पराजुलीले जानकारी गराउनु भयो ।
बुटवल जेसीजले मातृत्व प्रदान गरेर स्थापना भएका शाखाहरुलाई सक्षम र सवल बनाउने दायित्व पनि हुने भएकाले ती शाखाहरुलाई लक्षित गरेर कार्यक्रम गर्न लागिएको अध्यक्ष घिमिरेले बताउनु भयो । उहाँका अनुसार बुटवल जेसीजको मातृत्वमा ७ वटा शाखा स्थापना भएका छन् ।
पत्रकार सम्मेलनमा बुटवल जेसीजका मिडिया कोर्डिनेटर नारायण घिमिरेले कार्यक्रमको तयारी बारेमा जानकारी गराउनु भएको थियो ।