सरकारलाई अध्ययन समितिको सिफारिस : खाना पकाउने ग्याँसको अनुदान हटाउ

24

सरकारलाई अध्ययन समितिको सिफारिस : खाना पकाउने ग्याँसको अनुदान हटाउ

गठित कर सम्बन्धी उच्चस्तरीय अध्ययन समितिले खाना पकाउने ग्याँसमा दिँदै आएको अनुदान हटाउन सरकारलाई सिफारिस गरेको छ । विद्युतको घरासयी खपत बढाउनको लागि घरासयी प्रयोजनमा खपत हुने विद्युतको महसुल पुनरावलोकन गर्न र एलपी ग्याँसमा दिदै आएको अनुदान क्रमशः तीन वर्षभित्र अनुदान पुरै हटाउन सिफारिस गरेको हो ।
समितिले हवाई इन्धनमा हरित कर लगाउन सिफारिस गरेको छ । अहिले सरकारले हवाई इन्धनमा प्रदूषण शुल्क नलगाएको भन्दै समितिले हरित कर लगाउन सिफारिस गरेको हो । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा हरित करको अवधारणा ल्याएको छ ।