बुटवल मिलनचोकको डेल्टा एजसकेसन मार्टमा बिहीबार भएको आगलागीका कारण ४० कराेडकाे क्षेती भएकाे छ । बिहिबार साँझ ७ बजेतिर लागेको आगो ५ घण्टापछि नियन्त्रणमा आएको थियो ।
प्रहरीका अनुसार फलामै फलामबाट बनेको भवनको तेस्रो तलाबाट सुरु भएको आगलागी निभाउन बुटवल उपमहानगरपालिका, गौतमबुद्ध विमानस्थल, रुपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीका १० वटा दमकल प्रयोग गरिएको थियो ।
मार्टको तेस्रो तलामा किताब, कापीसहित स्टेशनरी सामान र खेलकुदका सामान, दोस्रो तलामा कपडा तथा स्कुल कलेजका विद्यार्थीका तयारी ड्रेस र भुईं तलामा नेपाली कम्पनीका जुत्ता र ग्रोसरी सामान थिए । आगलागीबाट सबै तलाका सामान जलेर सखाप भएकाे छ ।
मार्टको आसपासमा घना वस्ती र पेट्रोल पम्प समेत नजिकै भएकाले आगाे वस्तीमा फैलिन्छकी भन्ने स्थानीयहरु भय थियाे । मार्टका सञ्चालकले विद्युत सर्किट सर्ट भई आगलागी भएको अनुमान गरेका छन् । मार्टका सञ्चालकहरुले करिब ४० करोडको क्षति भएको पनि जानकारी दिएका छन् ।
आगलागि भएपछि नियन्त्रणमा प्रत्यक्ष सहभागी भएका बुटवलका मेयर खेलराज पाण्डेयले आगो नियन्त्रणमा लिएर अन्य घरहरूमा फैलिन रोक्न सफल भएपनि डेल्टा मार्टको क्षति रोक्न भने नसकिएकाे बताउनु भयाे । ‘आगलागी नियन्त्रणका लागि सबै उपाय अपनाईए पनि क्षति रोक्न नसकेकोमा दुःखित छु, बुटवललाई विपदका समयमा साथ दिनुहुने सबैलाई हार्दिक आभार प्रकट गर्दछु ।’ उहाँले भन्नुभएकाे छ ।