महिला मात्रै सदस्य रहेको ईनरह्विल क्लव डिष्टिक ३५० को अध्यक्षमा आशा श्रेष्ठले पदभार ग्रहण गर्नुभएको छ । शनिबार रुपन्देहीको तिलोत्तमा आयोजना गरिएको कार्यक्रममा वर्ष २०२४/२५ का लागि श्रेष्ठले पदभार ग्रहण गर्नुभएको थियो ।
रुपन्देही को मणिग्राममा आयोजना गरिएको डिष्ट्रिक कन्फ्रेन्समा नेपालमा रहेका ४१ वटा क्लवका २ सय बढी अध्यक्ष तथा प्रतिनीधि सहभागि थिए । उक्त कन्फ्रन्सबाट नेतृत्व हस्तान्तरण गरिएको हो ।
डिष्टिक्ट २३/०२४ का अध्यक्ष टुना थापाले बर्ष २०२४/२५ का लागि अध्यक्ष आशा श्रेष्ठलाई पद हस्तान्तरण गर्नुभयो ।
क्लवका अध्यक्ष थापाले एक बर्षमा ४१ वटा क्लवले महिला सशक्तिकरण, छात्रवृत्ति बितरण, लगायत स्वास्थ तथा बाताबरण क्षेत्रमा काम गरेको जानकारी दिनुभयो । उहाँका अनुसार एउटा क्लवले बर्षमा ५ सय भन्दा बढि विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ ।
डिष्टिक नेशनल रिपिन्टेटिभ बर्ष २०२३/२४ का कमला महर्जले बर्ष २०२४/२५ का लागि अध्यक्ष समिरा श्रेष्ठ ध्वजुलाई प्रदान गर्नुभएको छ ।