रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीमा पदहस्तान्त्रण

40

रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीमा पदहस्तान्त्रण

रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीमा नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण गरिएको छ । क्लवमा शनिबार एक कार्यक्रमको आयोजना गरि नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारीलाई पद हस्तान्तरण गरिएको हो ।
क्लवको अध्यक्षमा देवीराम पाण्डे निर्वाचित हुनु भएको थियो । त्यस्तै निवर्तमान अध्यक्ष निरज श्रेष्ठ रहनु भएको छ । इलेक्ट प्रेसिडेन्ट दिपक भट्टराई, प्रेसिडेन्ट नोमिनी देवीलाल भट्टराई, प्रथम उपाध्यक्ष शंकर पाण्डे, द्वितीय उपाध्यक्ष टिकाराम पाण्डे, तृतीय उपाध्यक्षमा निराजन पोखरेल, सचिवमा अर्जुनप्रसाद आचार्य, कोषाध्यक्षमा दिपक बास्तोला, सहसचिवमा सरोज पन्थ, सहकोषाध्यक्षमा केशवबहादुर कुवरलाई चयन गरिएको छ ।
त्यस्तै क्लव एड्मिन चियरमा राजु चौधरी, मेम्बरशिप चियरमा शारदा भट्टराई, पब्लिक रिलेशन चियरमा किशोरकुमार विक, सर्विस चियर भगवती अर्याल, टिआरएफ चियरमा लक्ष्मण बिक, युथ कमिटि चियरमा कुलचन्द्र भट्टराई, हेल्थ कमिटि चियरमा राजु गुरुङ, सर्जेन्ट एट आर्मसमा विष्णुप्रसाद भण्डारी, इडिटरमा रमेशमणी सुवेदी र क्लव प्रेसिडेन्ट काउन्सिल चियरमा पूर्वअध्यक्ष कृष्णप्रसाद शर्मालाई चयन गरिएको छ ।
कार्यक्रममा क्लवका एसाईन एजी कृष्णबहादुर रावल, आगामी वर्षका एसाईन एजी सुमन गोपालाचार्य, क्लवका संस्थापक अध्यक्ष डोलराज गैरे, पूर्वअध्क्ष तथा डिष्ट्रिकका एजी कृष्णप्रसाद शर्मा लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
क्लवका नवनिर्वाचित अध्यक्ष पाण्डेले यो वर्ष क्लवको थिम ‘लर्न, लिड एण्ड सर्भ’ रहेको जानकारी गराउनु भयो । त्यस अवसरमा क्लवका निवर्तमान अध्यक्ष श्रेष्ठले वर्षभरीमा क्लवले गरेका गतिबिधिको जानकारी गराउँदै आगामी वर्षमा विगतका कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।
त्यसै अवसरमा क्लवले प्रकाशन गरेको क्लव डाईरेक्ट्री विमोचन गरिएको थियो ।