नेपाली श्रमिकलाई वैदेशिक रोजगारीमा जानबाट रोक्नुपर्छ : मुख्यमन्त्री महरा

11

नेपाली श्रमिकलाई वैदेशिक रोजगारीमा जानबाट रोक्नुपर्छ : मुख्यमन्त्री महरा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले नेपालको श्रमबजारलाई बिदेशमा जानबाट रोक्नुपर्ने बताउनु भएको छ । उहाँले नेपालले उत्पादन गरेका योग्य श्रमशक्तीलाई विदेशीले प्रयोग गरेको भन्दै त्यो रोक्नका लागि सवैपक्षले छलफल चलाउनु पर्ने धारणा राख्नु भयो ।
नेपालको पर्यटन, पर्यावरण, कृषि, जलस्रोत लगायतका क्षेत्रमा प्रविधिको प्रयोग गरि नेपाली श्रमबजारलाई यहि खपत हुने वातावरण श्रृजना गर्ने तर्फ लुम्बिनी प्रदेश सरकारले थालनी गरेको जानकारी दिनुभयो । नेपाली श्रमीकको श्रममुल्य नेपालमा कम रहेकाले विदेशीनु पर्ने बाध्यता रहेको छ । मुख्यमन्त्री महराले भन्नुभयो, ‘नेपाली उत्पादनको बृद्धि र श्रममुल्य समय सापेक्षक बनाउन जरुरी देखिन्छ ।’
दाङको घोराहीमा सुचना तथा सञ्चार, प्रविधिको विकासको नविनतम प्रयोग (कृत्रिम बौद्धिकता) सम्बन्धी कार्यक्रममा उद्धघाटन गर्दै उहाँले समयको रफ्तार संगै प्रविधिको विकास र विस्तार हुदै गएको बताउनुभयो । राप्ती इन्जिनरिङ कलेज, स्वर्गद्धारी कम्युनिकेसन तथा रिर्सच सेन्टर र साइलेन्स रिसर्च एण्ड इनोभेसन सेन्टरले सयुक्त रुपमा आयोजना गरको उक्त कार्यक्रममा बोल्दै मुख्यमन्त्री महराले असल कर्म र मानव हितका लागि प्रविधिको प्रयोगमा सवैले जोडदिनुपर्ने सुझाव दिनुभयो ।
विभिन्न डिजिटल प्रविधि र सञ्चार क्षेत्रमा अध्ययन गर्ने विद्यार्थी, शिक्षक र सरोकारवाला निकायको सहभागी भएको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री महराले नेपालको माटो सुहाउने र योग्य जनशक्ती उत्पादनका लागि सवैपक्षले काम गर्नुपर्ने बताउनुभयो ।
मुख्यमन्त्री महराले संसारमा विकसित हुदै गरेको डिजिटल प्रविधिलाई मानव कर्म र सहिरुपमा प्रयोग गर्न जरुरी भएको बताउदै गतलरुपमा प्रयोग हुने विषय वस्तुहरुलाई नियन्त्रण गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । नेपालको गुणस्तर शिक्षालाई टेक्नोलोजी संग जोड्नु जरुरी छ । मुख्यमन्त्री महराले भन्नुभयो,‘ प्रविधि र सञ्चार संग जोडिएको शिक्षा प्रभावकारी देखिएको छ ।’
नेपालका उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरु विदेशीने क्रम बढदो रहेकाले यसको विषयमा अनुसन्धान र खोज गरि नेपालमा नै अध्ययन गर्ने बातावरण तयार गर्न उपस्थित शिक्षाविदहरुलाई मुख्यमन्त्री महराले आग्रह गर्नुभयो ।