रुपन्देहीको तिलोत्तमा नगरपालिकाले २ अर्व ७६ करोड ६२ लाख २२ हजार रुपैया बराबरको बजेट ल्याएको छ । पालिकाको सोमबार बसेको दोस्रो नगरसभा तथा पाँचौँ अधिवेशनमा आगामी आर्थकि वर्ष २०८१।८२ को लागि चालु खर्च तर्फ १ अर्ब २४ करोड ४३ लाख ७४ हजार अर्थात ४५.०१ प्रतिशत र पुँजीगत तर्फ १ अर्ब ५२ करोड १८ लाख ४८ हजार अर्थात ५४.९९ प्रतशित खर्च हुने अनुमान गरएिको उपप्रमुख जगेश्वरदेवी चौधरीले बजेट वक्तव्य प्रस्तुत गर्नुभयो ।
बजेटमा अधिकांश पुराना कार्यक्रमलाई निरन्तरता दिईएको छ भने स्वास्थ्य तर्फ सबै नागरिकको पहुँच सुनिश्चित हुनेगरी वातानुकुलित खोप केन्द्र निर्माणका लागि ९ करोड ४५ लाख २२ हजार रुपैयाँ विनियोजन गरिएको छ । बजेटमा शिक्षा, स्वास्थ्य विकास तथा कृषि क्षेत्रको व्यवसायिकरण, पूर्वाधार विकास मार्फत नगर रूपान्तरण, पर्यटन पूर्वाधार तथा पुरातात्विक स्थलको संरक्षणलाई प्राथमकितामा राखएिको चौधरीले वताउनु भयो ।
शिक्षातर्फ सामुदायिक विद्यालयमा बालविकास कक्षा व्यवस्थापन, यातायातका साधनमा अनुदान, नगरको समग्र शिक्षा प्रणाली सुधारका लागि ४५ करोड ६९ लाख ८५ हजार रुपैयाँ बजेट प्रस्ताव भएको उपप्रमुख चौधरीले वताउनु भयो । नमुना कृषक प्रवद्र्धन, कृषिको आधुनिकीकरण, धान खेतीमा हाँस, किसानलाई दुग्ध उत्पादनका आधारमा अनुदान दिने व्यवस्थालाई शतप्रतिशत बृद्धि गर्नेगरी कृषिमा २ करोड ३७ लाख ७९ हजार प्रस्ताव गरिएको छ ।
नगर प्रमुख नवप्रवर्तन कार्यक्रम तथा नगर उपप्रमुख उद्यमशलिता विकास केन्द्रको प्रभावकारी सञ्चालनका लागि आवश्यक बजेट वनियिोजन गरएिको छ । पालिकाले सडक सौन्दर्यकरण तथा उज्यालो तिलोत्तमा बनाउन आवश्यक बजेट छुट्याएको छ ।
आगामी वर्ष पालिकाले ३२ करोड ६६ लाख २५ हजार अन्तरिम राजश्वतर्फ संकलन गर्ने लक्ष्य राखेको छ । त्यस्तै, अन्तर सरकारी वित्तीय हस्तानतरण तथा बजेटबाट २ अर्ब ४३ करोड ९५ लाख ९७ हजार प्राप्त हुने लक्ष्य राखेको छ । पालिकाले चालु आर्थिक वर्षमा २ अर्ब ७३ करोड ८४ लाख ३९ हजारको बजेट ल्याएको थियो ।