प्रधानमन्त्री प्रचण्डले २८ गते विश्वासको मत लिने

1.3K

प्रधानमन्त्री प्रचण्डले २८ गते विश्वासको मत लिने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यहि असार २८ गते विश्वासको मत लिनुहुने भएको छ । उहाँले संघीय संसदका महासचिवलाई पत्र लेखेर २८ गते बस्ने संसद बैठकमा विश्वासको मत लिने कार्यसूची राख्न आग्रह गर्नुभएको छ ।
संसदका दुई ठूला दल नेपाली काँग्रेस र नेकपा एमाले बिच सत्ता समिकरण बनेपछि एमाले सरकारबाट फिर्ता हुनुको साथै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको छ । संवैधानिक व्यवस्था अनुसार सरकारमा सहभागि दलले समर्थन फिर्ता लिएपछि त्यसको ३० दिन भित्र विश्वासको मत लिनुपर्छ । यो अवस्थामा प्रधानमन्त्री प्रचण्ड सामु राजीनामा गर्ने वा संसदमा विश्वासको मत लिने विकल्प बाँकी थियो ।