रास्वपा सभापति लामिछानेमाथी सहकारी ठगी र पासपोर्टमा छानविन गर्न मुकुलको माग

1.3K

रास्वपा सभापति लामिछानेमाथी सहकारी ठगी र पासपोर्टमा छानविन गर्न मुकुलको माग

राष्ट्रिय स्वतन्त्र पार्टीले कारवाही गरेका मुकुल ढकालले पार्टी अध्यक्ष रवि लामिछानेमाथी सहकारी ठगि र दोहोरो पासपोर्ट छानविन गर्नुपर्ने माग गर्नुभएको छ ।
पार्टीको महामन्त्री सहित प्रवक्ताको जिम्मेवारीमा रहेका ढकाललाई साधारण सदस्य मात्रै रहनेगरी कारवाही गरेपछि बुधबार पत्रकार सम्मेलन गरेर पार्टी सभापति लामिछानेमाथी छानविन गर्नुपर्ने माग गर्नुभएको हो ।
यहि असार १९ गतेको बैठकमा मुखमा कालो टेप लगाएर बस्नु आफ्नो कमजोरी भएको हुनसक्ने बताउँदै त्यसपछि बैठक स्थगित गरेर आफूसँग संवाद गर्नुको साटो बैठक राख्नु पनि कमजोरी भएको उहाँको दावी छ । त्यसपछि पनि आफूले सभापतिसँग संवाद गर्न खोजे पनि नमानेको ढकालले बताउनु भयो ।
उहाँले पछिल्लो पटक सर्बोच्चले नै सभापति लामिछानेमाथी अनुसन्धान गर्नुपर्छ भनिसकेकाले सहकारी ठगी प्रकरणमा छानबिन गर्न माग गरे । त्यस्तै पार्टीले पनि स्वतन्त्र छानविन समिति गठन गर्नुपर्ने बताउनु भयो । पार्टीले बनाउने छानविन समिति सभापति लामिछानेले नभई राजदूत छनौट गर्दा अपनाईएको जस्तै प्रक्रियाबाट ल्याउनु पर्ने बताउनु भयो ।
सभापति लामिछाने पासपोर्ट प्रकरणमा पनि दोशी देखिएको दावी गर्दै दोहोरो पासपोर्टका विषयमा पनि छानविन गर्नुपर्ने माग गर्नुभयो । यो मुद्दामा उनी दोषी ठहर भए भोलिका दिनमा चुनाव नै लड्न नपाउने भएकाले पार्टी जीवनसंग जोडिएको यो मुद्धामा उच्चस्तरीय छानविन हुनुपर्ने भनाई राख्नुभयो । उहाँले पार्टी उपसभापति तथा मन्त्री डिपि अर्याललाई पनि आर्थिक अपचलन गरेको आरोप लगाउनु भएको छ ।