पार्टी अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन माओवादी केन्द्रले ह्वीप लगाएको छ ।
नेकपा माओवादी केन्द्रको बुधबार सिंहदरवारमा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन ह्वीप जारी गर्ने निर्णय गरेको हो ।
पर्सी असार २८ गते शुक्रबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने तयारी गर्नुभएको छ । प्रमुख सत्ता साझेदार नेकपा एमालेले समर्थन फिर्ता लिएकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लाग्नु भएको हो ।