प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनीधि सभामा विश्वासको मत लिँदै हुनुहुन्छ । नेपाली काँग्रेस र एमालेले सत्ता समिकरण गरेपछि प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिन लाग्नु भएको हो । अहिले प्रतिनीधि सभाको बैठक बसीरहेको छ ।
प्रधानमन्त्रीलाई विश्वासको मत दिनको लागि माओवादी केन्द्र सहित सत्ता साझेदार दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीले ह्वीप लगाएका छन् भने विपक्षमा मतदान गर्नको लागि नेपाली काँग्रेस र एमाले सहित बाँकी दलले तयारी गरेका छन् ।