प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै सरकारी निवास बालुवाटार छाड्ने हुनु भएको छ । संसदमा विश्वासको मत लिने प्रक्रिया पूरा भएपछि प्रधानमन्त्री सिधै निजी निवास खुमलटार जाने तयारी गर्नुभएको हो ।
नेपाली काँग्रेस र एमाले बिच सत्ता समिकरण बनेपछि एमालेले प्रधानमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता लिनुका साथै सरकारबाट बाहिरिएको थियो । एमालेले विश्वासको मत फिर्ता लिएपछि आज शुक्रबार प्रधानमन्त्री दाहालले प्रतिनीधि सभामा विश्वासको मत लिँदै हुनुहुन्छ ।
२७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ मत चाहिन्छ, अहिलेसम्म प्रधानमन्त्री प्रचण्डसँग माओवादी केन्द्र ३२, रास्वपा २१ र एकीकृत समाजवादी १० गरी जम्मा ६३ मत मात्र रहेकाले विश्वासको मत नपाउने निश्चित छ ।