मौषम पूर्वानुमान महाशाखाका अनुसार यो साताभर देशमा मनसुनी वायुको प्रभाव रहने देखिन्छ । महाशाखाले शुक्रबार दिउँसो साप्ताहिक कृषि–मौसम पूर्वानुमान जारी गर्दै साउन ३ गते विहिबारसम्मको मौषम पूर्वानुमानबारे जानकारी गराएको हो ।
महाशाखाका अनुसार साताको शुरुमा मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहने देखिन्छ । साथै साताको मध्य र अन्त्यमा न्युनचापीय प्रणालीको आंशिक प्रभाव रहने देखिन्छ । साताभर साधारणतया देखि पूर्णतया बदली रहने सम्भावना रहेको छ ।
साताको शुरू र मध्यमा देशका अधिकांश स्थानहरूमा तथा अन्त्यमा केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी प्रदेशको साताको शुरुमा थोरै स्थानहरुमा तथा मध्य र अन्त्यमा एक–दुई स्थानमा भारी वर्षा तथा साताको शुरुमा एक–दुई स्थानमा धेरै देखि अति भारी वर्षाको सम्भावना रहेको छ ।
साथै साताको शुरू र अन्त्यमा देशको पहाडी भू-भागको केही स्थानहरु र कोशी, मधेश, लुम्विनी, गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशको तराई भू भागको थोरै स्थानहरूमा पनि भारी वर्षा देखि धेरै भारी वर्षा र थोरै स्थानमा अति भारी वर्षाको समभावना रहेको छ ।
साताको शुरुमा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षा तथा कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा भारी देखि अति भारी वर्षाको सम्भावना रहेको छ ।