प्रधानमन्त्री प्रचण्ड पदमुक्त

1.3K

प्रधानमन्त्री प्रचण्ड पदमुक्त

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त हुनु भएको छ । प्रतिनिधि सभाले विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै प्रधानमन्त्री प्रचण्ड पदमुक्त हुनु भएको हो । एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० (२) अनुसार प्रतिनीधि सभामा विश्वासको मत माग्नु भएको थियो ।
२७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ मत आवश्यक भएपनि प्रचण्डले मागेको विश्वासको मतको पक्षमा ६३ मत परेको छ । त्यसको विपक्षमा १९४ मत परेको छ । त्यस्तै मत दिन्न भन्नेमा १ मत छ ।
नेपाली काँग्रेस र एमालेले नयाँ सरकार बनाउने सहमति गरेसँगै प्रधानमन्त्री प्रचण्ड अल्पमतमा पर्नुभएको हो । प्रधानमन्त्री प्रचण्डलाई माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २१ र एकीकृत समाजवादीका १० गरी ६३ सांसदले विश्वासको मत दिएका हुन् ।