प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले कानुनी परामर्श सुरु गर्नुभएको छ । उहाँले कानुनी परामर्शका लागि कानुनविद्हरुलाई राष्ट्रपति भवन शीतल निवासमा बोलाउनु भएको छ ।
भावी सरकार संविधानको धारा ७६ (२) वा ७६ (३) अनुसार गठन हुने बारे परामर्श लिन राष्ट्रपति पौडेलले कानुनविद्हरुलाई छलफलका लागि बोलाउनु भएको हो ।
नेपाली काँग्रेस र नेकपा एमाले विच ७६ (२) अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने गरी सहमति बनेको छ । कतिपय कानुनविद्हरुले ७६ (२) को सरकारले विश्वासको मत पाउन नसकेपछि ठूलो दलका आधारमा ७६ (३) अनुुसार सरकार गठन हुने बताउँदै आएका छन् ।